(Japan) 13 th June | 2026 | Saturday | 2:22:35 PM || (Nepal) 11:07:35 AM
 
 

जापानमा नेपाली कामदार पठाउन मार्च दोस्रो साता सम्झौता हुने, कामदारको खर्च नलाग्नेगरि ६ देशसँग यस्तो सम्झौता हुँदै

  POSTED ON : Friday, 01 March, 2019 | Views : 12250

जापानमा नेपाली कामदार पठाउन मार्च दोस्रो साता सम्झौता हुने, कामदारको खर्च नलाग्नेगरि ६ देशसँग यस्तो सम्झौता हुँदै


काठमाडौं ।

नेपालले लागत, पारिश्रमिक र सामाजिक सुरक्षालाई केन्द्रबिन्दुमा राखेर जापान सहित ६ देशसँग श्रम सम्झौताको अन्तिम तयारी गरेको छ ।

रोजगारीमा जाने देशसँग सरकारले श्रम सम्झौतालाई तीव्रता दिने क्रममा राम्रो श्रम बजारको रुपमा हेरिएको जापान, मौरिसस जस्ता मुलुकसँग सम्झौता गर्न लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा.रामप्रसाद घिमिरेका अनुसार मन्त्रालयले जापानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । यसैगरि जापान सहित मौरिसस, यूएई, ओमान, साउदी अरेबिया, कतार लगायत मुलुकसँग श्रम सम्झौताको तयारी थालिएको छ ।

अप्रिलबाट नयाँ भिषामा कामदार-जापानमा भएका बिदेशी कामदारको सर्वेक्षण गर्दै जापान

वैदेशिक रोजगारीमा जाँदा लाग्ने लागत न्यूनीकरण गर्न र ठगी रोक्न विभिन्न उपाय सहित ति देशसँग श्रम सम्झौताको काम अघि बढेको सहसचिव घिमिरेले जानकारी दिनुभयो ।

‘कामदार जाने मुलुकसँग सम्झौता प्रक्रिया अघि बढाएका छौैं’, घिमिरेले भन्नुभयो ‘जापान, मौरिसस लगायत देशसँग सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने अन्य मुलुकसँग छलफल सुरु भएको छ ।’

घिमिरेका अनुसार जापानसँग मार्च दोस्रो सातातिर सम्झौता गर्ने तयारी मन्त्रालयले गरेको छ ।

जापान रोजगारमा कन्सल्टेन्सि, एजेन्ट वा म्यानपावरको छैन कुनै भर, सरकारलाई कामदार ठगिने मुख्य डर

रोजगारीमा जाने प्रायः सबै देशसँग श्रम सम्झौता गर्ने नीति अनुसार सरकारले ति देशसँग छलफल अघि बढाएको छ ।

सर्वोेच्च अदालतले श्रम सम्झौता गरेर मात्र कामदार पठाउन सरकारलाई आदेश दिएपछि मन्त्रालयले यो प्रक्रियालाई अघि बढाएको हो ।

सहसचिव घिमिरेका अनुसार जापान सहित मौरिससमा समेत शून्य लागतमै कामदार पठाउने गरी श्रम सम्झौता गरिने भएको छ ।

जापानमा कामदारको तलब बढाउन श्रमिक संगठन र व्यवसायी सहमत 

जापानसँगको श्रम सम्झौता अन्तिम चरणमा पुगेको छ । मार्च दोस्रो हप्तासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको छ सहसचिव घिमिरेले भन्नुभयो  छुट्टै संयन्त्र बनाएर जापानमा कामदार पठाउने विषयमा छलफल भईरहेको छ ।

यसअघि प्रशिक्षार्थी कामदार लैजाने सम्झौता भए पनि जापान गएका कामदार ठगिएको तथा नेपाल सरकारले प्रभावकारी अनुगमन नगरेको तथा जापान पुगेका नेपाली कामदारले समेत कार्यस्थल छाड्दा कार्यान्वयनमा नआइ खारेज भएको थियो ।

शून्य लागत मात्र नहेरि मन्त्रालयले कामदारको पारिश्रमिक, सामाजिक सुरक्षा लगायत अवस्था हेरेर सम्झौता गर्ने सहसचिव घिमिरेको भनाई छ ।

श्रम सम्झौताका लागि सरकारले मौरिससमा मस्यौदा पठाई सकेको छ । मौरिसस गन्तव्य मुलुक नभए पनि खाडीको तुलनामा आकर्षक कमाइ हुने देशमा पर्छ । मौरिससले बंगलादेश लगायत देशबाट हाल कामदार लिईरहेको र नेपालबाट अस्पताल, उद्योग लगायत क्षेत्रमा कामदार लैजान इच्छुक देखिन्छ ।

नेपाली कामदार अप्रिलबाटै जापान जान पाउनेगरि सम्झौता तयारी, तलब र सेवा सुविधा जापानी सरह नेपालको माग 

मौरिससमा नेपाली कामदारले ओषतमा महिनाको १ लाख ५० हजार नेपाली रुपैयाँ कमाउन सक्नेछन् ।

सरकारी अधिकारीले केही समयअघि यूएई र ओमनमा पुगेर सम्झौताका लागि दुई देशका प्रतिनिधिसँग छलफल गरेका थिए । ती देशमा नेपालले शून्य लागतमै कामदार जान पाउनुपर्ने गरी मस्यौदा पठाएको छ । त्यसको प्रतिक्रिया यूएईले पठाइसकेको छ । सरकारले पठाएकै प्रस्तावमा रहेर यूएई सम्झौता गर्न राजी भएको देखिन्छ । ओमनबाट भने प्रतिक्रिया आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक सम्झौता भए पनि अझै मलेसिया रोजगारी खुल्न सकेको छैन । सम्झौता भएका कतार, यूएई र जापानसँग नयाँ ढंगले सम्झौता हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले बताए ।

जापान जाने नेपाली कामदार भर्ना अप्रिलबाट हुने, पासपोर्ट र पैसा कसैलाई नबुझाउन सरकारको आग्रह

रेग्मीका अनुसार बहराइन, इजरायल, जोर्डनसँग सम्झौता भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । रोजगारीका लागि एक सय १० देश खुला गरिएका छन् । यसअघि आठवटा देशसँग सम्झौता भइसकेको छ ।

सम्झौता भएका दक्षिण कोरिया, जोर्डन र बहराइनमा पनि सीमितमात्रै कामदार जान सकेका छन् । दक्षिण कोरियामा द्विपक्षीय सम्झौतामार्फत वार्षिक सात हजार कामदार कोरिया पुग्ने गरेका छन् ।

जापानमा बिदेशी कामदारको संख्या अहिलेसम्मकै धेरै, चीन पहिलो नेपाली कामदार पाचौं नम्वरमा 

जापान सरकारद्धारानै बिदेशी कामदारको मृत्यु सम्बन्धी तथ्यांक तोडमोड