(Japan) 7 th September | 2026 | Monday | 6:42:47 PM || (Nepal) 3:27:47 PM
 
 


निपाली टिमद्धारा नेपालका बाढी-पहिरो पीडितका लागि एक लाख सहयोग, गौथली चलचित्रको ‘च्यारिटि शो’ हुँदै

  POSTED ON : Tuesday, 08 September, 2026 | Views : 164

निपाली टिमद्धारा नेपालका बाढी-पहिरो पीडितका लागि एक लाख सहयोग, गौथली चलचित्रको ‘च्यारिटि शो’ हुँदै


टोकियो, जापान ।

नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि जापानमा विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग अभियानलाई तीव्र बनाइरहेका बेला जापानबाट निपाली समुहले एक लाख नेपाली रुपैयाँ सहयोग गरेको छ ।

सहयोग अभियानमा सहभागी युवाहरूले नेपालमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि उक्त रकम प्रदान गरेको जनाएका छन् । विदेशमा रहेर पनि मातृभूमिमा परेको संकटका बेला सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको बताउँदै पाँच जना युवाहरुको समुह निपालीले एक लाख १ सय १ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गराएको हो ।

यसैबीच, जापानको इकेबुकुरो तोशिमा सिभिक सेन्टरमा नेपालका बाढीपीडितहरूको सहयोगार्थ यहि सेप्टेम्बर ९ तारिख विशेष च्यारिटि शो समेत गर्ने भएको छ ।

चलचित्र प्रदर्शन सेप्टेम्बर ९ तारिख, बुधबार प्रर्दशन हुनेछ । साँझ ५:३० बजे ढोका खुल्ने कार्यक्रमको टिकट शुल्क २,००० येन तोकिएको छ ।

नेपालमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको सहयोगका लागि जापानमा रहेका नेपाली समुदायको सक्रियता बढिरहेको बेला यस प्रकारका सहयोग अभियानहरूले पीडितहरूलाई राहत पुर्‍याउने अपेक्षा गरिएको छ ।

“नेपाललाई सहयोग गर्न एकजुट बनौं, बाढीपीडितको साथमा उभिऔं” भन्ने सन्देशसहित आयोजकहरूले जापानमा रहेका नेपाली समुदायलाई गौथली चलचित्र प्रदर्शनमा सहभागी भई सहयोग गर्न आग्रह गरेका छन् ।