(Japan) 3 rd October | 2026 | Saturday | 10:39:40 PM || (Nepal) 7:24:40 PM
 
 


नेपाली चलचित्र ‘आचार्य’ जापानमा : अक्टोबर १२ मा इकेबुकुरो ह्युम्याक्स फिल्म हलमा जापानी सब टाइटल सहित प्रदर्शन हुँदै

  POSTED ON : Sunday, 04 October, 2026 | Views : 158

नेपाली चलचित्र ‘आचार्य’ जापानमा : अक्टोबर १२ मा इकेबुकुरो ह्युम्याक्स फिल्म हलमा जापानी सब टाइटल सहित प्रदर्शन हुँदै


टोकियो, जापान ।

नेपाली चलचित्र ‘आचार्य (Acharya) जापानमा प्रदर्शन हुने भएको छ । चलचित्रको जापान प्रदर्शन अन्तर्गत टोकियोमा अक्टोबर १२, सोमबार विशेष शो आयोजना गरिने भएको हो ।

जापानको लागि चलचित्र आचार्यको वितरण अधिकार पाएको टोकियो ड्रिम्सका अनुसार टोकियोको ह्युम्याक्स सिनेम्याक्स इकेबुकुरो इष्ट ज्गmबह ऋष्लझबक क्ष्पभदगपगचय भ्बकत चलचित्र हलमा चलचित्र प्रदर्शन हुनेछ । जापानको राष्ट्रिय बिदाको दिन पारेर आयोजना गर्न लागिएको शो साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

जापानमा प्रायजसो ठूला सभाहलहरुमा नेपाली चलचित्र प्रदर्शन हुने गरेपनि टोकियो ड्रिम्स इन्टरटेनमेन्टले अधिकाशं नेपाली चलचित्रहरुलाई जापानभरका चलचित्र हलहरुमा प्रदर्शन गर्ने गरेको छ । चलचित्रको वास्तविक रमाइलो र अनुभव चलचित्र हलमा हेरेर मात्र प्राप्त गर्न सकिने भएकाले व्यवस्थापनमा खर्चका हिसाबले महंगो परेपनि आफूहरुले नेपाली चलचित्रलाई जापानी चलचित्र प्रदर्शन हुने हलहरुमै प्रदर्शन गर्दै आएको टोकियो ड्रिम्स इन्टरटेनमेन्ट टिमको भनाई छ ।

निखिल उप्रेतीको लेखन तथा निर्देशन रहेको ‘आचार्य’ ले नेपालमा व्यावसायिक रुपमा सफलता पूर्वक दोस्रो हप्तामा देशभर भव्य प्रदर्शन गरिरहेको छ । जापानमा भने चलचित्र जापानी सबटाइटलसहित प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

चलचित्रमा निखिल उप्रेती, पुर्णिका सियापति, दीप राज राना र प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको संगीत निर्देशन युग भुसालले गरेका छन् भने निर्माता कृष्ण भट्टराई रहेका छन् ।

चलचित्रको अवधि १४१ मिनेट रहेको छ र पोस्टरमा चलचित्रलाई 'ए' रेटिङ दिइएको छ ।


टोकियो शोको विवरण

चलचित्र: आचार्य (ACHARYA)

मिति: १२ अक्टोबर २०२६, सोमबार

स्थान: Humax Cinemas Ikebukuro East, Tokyo

शो समय: साँझ ५ः३० बजे

भाषा: नेपाली

सबटाइटल: जापानी

अवधि: १४१ मिनेट

वयस्क टिकट: ¥3,000

बालबालिका (५-१२ वर्ष): ¥1,000

बुकिङ/सम्पर्क: 070-8561-7869

जापानमा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै आयोजना हुन लागेको यो प्रदर्शनले नेपाली चलचित्रलाई जापानको नेपाली समुदायसम्म पुर्‍याउने उद्देश्य राखेको आयोजक पक्षले जनाएको छ ।

टोकियो ड्रिम्स इन्टरटेनमेन्टको रिलिज अन्तर्गत हुन लागेको टोकियो शोका लागि पोस्टरमा दिइएको सम्पर्क नम्बर वा क्युआर कोडमार्फत टिकट बुकिङ गर्न सकिने छ ।