(Japan) 13 th June | 2026 | Saturday | 3:54:24 PM || (Nepal) 12:39:24 PM
 
 

नेपाली कामदार अप्रिलबाटै जापान जान पाउनेगरि सम्झौता तयारी, तलब र सेवा सुविधा जापानी सरह नेपालको माग

  POSTED ON : Sunday, 03 February, 2019 | Views : 7661

नेपाली कामदार अप्रिलबाटै जापान जान पाउनेगरि सम्झौता तयारी, तलब र सेवा सुविधा जापानी सरह नेपालको माग


रामहरी न्यौपाने-काठमाडौं ।

आकर्षक रोजगार गन्तव्य मुलुकको रुपमा हेरिएको जापानमा नेपाली कामदार पठाउने काम आगामी अप्रिल महिनाबाटै सुरु हुने भएको छ ।

नेपाल सरकारले जापानी श्रम बजारमा नेपाली कामदार पठाउने अन्तिम तयारी गरेसँगै जापानसँग श्रम सम्झौताको तयारी समेत अन्तिम चरणमा पुर्याएको छ ।

कृषि, नरिसिंग, निर्माण, उद्योग लगायत १४ क्षेत्रका कामदार ल्याउने नीति अनुसार जापान सरकारले नेपाल सहित ९ देशबाट करिव साँडे ३ लाख कामदार भित्राउँदैछ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कामदारको संख्याका विषयमा निश्चित नभएपनि अधिक कामदारलाई जापान पठाउने प्रयास नेपालले गरिरहेको छ ।

कामदार ल्याउने ९ देशमध्ये दक्षिण एसीयाबाट नेपाललाई मात्र सुचीमा समाबेश गरेको जापानले पाँच बर्षको अवधिमा करिव २० हजार नेपाली कामदार जापान लैजाने अनुमान गरिएको छ ।

मन्त्री स्तरिय सहित विभिन्न चरणमा दुबै देशका प्राविधिक टोलीले छलफल गरिसकेको र जापानले नेपालको माग र आशय अनुसार सम्भव भएसम्मको विषय समेटेर सम्झौता पत्र तयार पारिरहेको बताईन्छ । नेपालले सरकारीस्तरबाटै कामदार जापान पठाउन दक्षिण कोरियामा जस्तै जी टु जीको प्रस्ताब गरेको छ ।

कामदारको लागि आवश्यक शिप तथा दक्षताको स्पष्टता नखुलाएपनि भाषा र आधारभुत तालिमको परिक्षा नेपालमा उतिर्ण गरेपछि नेपाली कामदार जापान जान योग्य हुने बताईएको छ ।

कामदार अभावले उद्योग तथा अर्थतन्त्रमै असर पर्न थालेपछि जापानले बिदेशी कामदार ल्याउने नयाँ नीति अनुसार नेपाली कामदार लैजान लागेको हो ।

१८ बर्ष उमेर भन्दा माथिका कामदारलाई पाँच बर्षे भिषामा जापानी नियमानुसार तलब र सेवा सुविधा उपलब्ध गराउनेगरि जापानले नेपालसँगै भियतनाम, चीन, थाईल्यान्ड, मंगोलिया, फिलिपिन्स, इन्डोनेशिया, म्यानमार र कम्बोडियाबाट आगामी अप्रिल महिनाबाट कामदार लैजाने तयारी गरिरहेको छ ।