(Japan) 13 th June | 2026 | Saturday | 3:52:00 PM || (Nepal) 12:37:00 PM
 
 

जापान सरकारद्धारानै बिदेशी कामदारको मृत्यु सम्बन्धी तथ्यांक तोडमोड

Gokarna Adhikari   POSTED ON : Monday, 28 January, 2019 | Views : 4528

जापान सरकारद्धारानै बिदेशी कामदारको मृत्यु सम्बन्धी तथ्यांक तोडमोड


टोकियो ।

जापानको न्याय मन्त्रालयले बिदेशी प्रशिक्षार्थी कामदारको मृत्यु सम्वन्धि रिपोर्टलाई तोडमोड गरेको पाईएको छ ।

सरकारले गत महिना संसदमा पेश गरेको बिदेशी कामदार सम्वन्धि जानकारीमा सन् २०१७ सम्ममा त्यसअघिको ८ बर्षमा १ सय ७४ बिदेशी प्रशिक्षार्थी कामदारको मृत्यु भएको तथ्य गलत भएको पाईएको हो ।

जापानको सार्वजनिक सञ्चार माध्यम एनएचकेले श्रोतबाट प्राप्त तथ्यांकका आधारमा भन्दै उल्लेख समाचार अनुसार श्रम अभावको समस्याबाट पार पाउन भन्दै संसदमा पेश बिदेशी कामदारलाई अनुमति दिने सम्वन्धि विधेयक पास भएपछि पेश गरिएको तथ्यांक गलत पाईएको हो ।

बिदेशी कामदार सम्वन्धि विधेयक पारित भएपछि जापानमा आएका विदेशी प्रशिक्षार्थी कामदार सम्वन्धि महत्वपूर्ण रिपोर्टमा उल्लेख बिदेशी कामदारको निधन बारेको तथ्यांक गलत भएको समाचारमा उल्लेख छ ।

सरकारी सुत्रका अनुसार श्रम मन्त्रालयको एक जाँचबुझमा न्याय मन्त्रालयले कतिपय दुर्घटनालाई नजरअन्दाज गरेर तथ्यांकलाई तोडमोड गरेको छ ।

विदेशी प्रशिक्षार्थी कामदारको मृत्युसँग जोडिएका कतिपय घाईते, दुर्घटना तथा बिरामीका घटना जसमा कामदारहरु क्षतिपुर्ती पाउन योग्य थिए त्यस्ता तथ्यांकहरु तोडमोड गरिएको थियो ।

न्याय मन्त्रालयका अधिकारीहरुका अनुसार बिदेशी कामदारको मृत्युको घटनामा स्पष्टिकरण दिनुपर्ने र यो गल्तीका कारण विदेशी प्रशिक्षार्थी कामदार ल्याउने संगठनलाई पर्नसक्ने असरका कारण त्यसलाई नजरअन्दाज गरिएको हो ।

नयाँ भिषा प्रणाली अन्तर्गत जापान सरकारले अतिरिक्त बिदेशी कामदार ल्याउने प्रक्रिया अघि बढी रहँदा यो घटना सार्वजनिक भएको हो ।

Photo Source : www.asahi.com