परदेशीए पछि प्रतिभाका रहर र चाहहरु पुरापुर डुवानमा पर्छन र बाध्यता दिनचर्याहरुले सागरको बाटो हुँदै अर्कै सयलको टापु सर्छन भन्ने कुरो बदलीन पुस्तौ कुर्न नपर्दो रहेछ ।
जापानका नेपालीहरुका हातका औलामा गन्न पुग नपुग सकारात्मक पाटाहरु केलाउदै निफन्दै गरौला समयका साईतहरुमा । लाहुरको असहजताबाट हुर्किएका जाज्वल्य प्रतिभाहरुलाई आजको यो प्रहर हृदयदेखि सम्झन चाहान्छु ।
जापान बसाईको दुईदशकको संघारमा उभिएर म ठोकेरै भन्न सक्छु नेपाली गीतसंगीतको विराट ईतिहासमा ईट्टा थप्न प्रवासीहरु मध्ये जापानबासी कला र गलावालहरुको भुमीका अधिल्लो दिर्धामा पर्छ ।
मुरली र बासुरीको कर्णप्रिय धुन बजाउन नामी शुरुवाती ३ नाम पंच लामा, ईन्द्र गुरुङ र टंक सेरचन सम्झिरहन्छु ।
चाहेर पनि नभुलिने अमिट नाम युको ओकामोतो र मिका सुन्दरी पनि हुन ।
कोरीयोग्राफर देवी मल्ल, श्री गुरुङ पनि अझै यो मानसमा ताजा हुनुहुन्छ ।
मिठो स्वरका धनी अमर गुरुङ अनि आफैंले अब्बल सारंगी बनाउन र बजाउन सक्ने सिपालु कारिगढ बादक मन थापाको मेहनतको ग्राप लोभ लाग्दो छ ।
बिसौं बर्ष देखि आफ्नो पसलमा हरेक सुक्रबार हारमोनियम बजाएर नेपाली गीतसंगीत सुनाउने राम श्रेष्ठ प्रति पनि सम्मान छ ।
गायक ईश्वर गुरुङले हालै ३० बर्षे सांगितिक यात्राको सम्झनामा टोकियोमा कार्यक्रम नै गर्नुभयो ।
पछिल्लो समयमा जापान आएर यहाँको कामधामसंगै संगीतकर्ममा शिर ठडाएर खट्ने रामकृष्णबम मल्ल, युबराज आर्चाय पछि आफ्नो परिचय अब्बल बनाउने गायक सुर्य खडकाका एकपछि अर्का गीतहरुका लस्कर अनि भगवती उप्रेती, समुन्द्रराज पौडेल, कुलविर थापा, मनोज केसी, माधव सिग्देल, सोना केसी, चेतन घर्ती, केशव शर्मा, दिलीप खत्री, महेन्द्र न्यौपानेसम्मको संगीत कर्म ब्यस्तता बिचको समुन्द्रको गहिराईबाट टिपेको मोती सरी जाज्वल्य लाग्छ ।
सी सबै अवसरको साक्षी र परिवेशको हकदार चौतारी दोहोरी सांझ, रोधीक्लव, नेपाल जापान सांस्कृतिक प्रतिष्ठान, नमस्ते गित गजल, जिग्री दोहोरी हुदै राष्ट्रिय लोकगित प्रतिष्ठान जापान शाखालाई हरदम सम्झिरहन्छु ।
सम्झिरहन चाहन्छु जापान बसाईको कठिन जीवनचर्याको बिचबाट गीत लेखनमा कलम चलाउनु हुने दर्जनौ गीतकारहरु संगीतकारहरुको निस्वार्थ भुमीकालाई अन्तरमनदेखि आदारभाव सँधैभरी ।