(Japan) 26 th August | 2026 | Wednesday | 12:15:09 AM || (Nepal) 9:00:09 PM
 
 


जापानलाइ मेरो आग्रह, भाषा अनिवार्य गर्ने भए निशुल्क पढाइदेउ -जिज्ञान कुमार थापा

  POSTED ON : Sunday, 26 January, 2020 | Views : 15250

जापानलाइ मेरो आग्रह, भाषा अनिवार्य गर्ने भए निशुल्क पढाइदेउ -जिज्ञान कुमार थापा


जापानमा करीव २७ लाख बिदेशीहरु बसोबास गर्छन। त्यसमा कतिले जापानी भाषा बुझेका होलान त? साधारण बोलिचाली गर्न सकेपनी बिधार्थी बाहेकले भाषा सिक्ने गरेको कमै पाइन्छ। 

जापानमा अंग्रेजी भाषाको कम प्रयोग हुनेहुदां जापानी नजान्दा ब्यक्तिगत जीवनमा आवश्यक सूचनाहरुमा कम पहुच हुने समस्या एकातर्फ छ भने अर्को तर्फ काममा पनि भाषा नजान्नाले सिमित कामहरु मात्र गर्न पर्ने बाध्यता रहेको छ।

जापानमा सम्पुर्ण सरकारी कागजातहरु जापानीमा हुने र नीति नियमहरु नबुझ्दा अप्ठ्यारोमा परेको कुराहरुपनि सुन्नमा आइ रहन्छन। जस्तो भिषाप्रणाली, कर, सामाजीक सुरक्षाका कर्तव्य र अधिकारक्षेत्र आदिको ज्ञानको कमी रहेको बिभिन्न अध्यनले देखाएको छ। फेरी जापानमा जापानी भाषा नजान्नु भनेको त अपराध नै गरे सरह ठान्ने मानिसहरु पनि धेरथोर रहेका छन्। 

तर जापानको सरकार भने यो बिषयमा मौन रहेको देखिन्छ। जापानमा बस्ने बिदेशीले जापानीभाषा सिक्नु अनिवार्य हो वा होइन? हो भने किन र केका लागी कस्ता ब्यक्तिले भाषा जान्नु जरुरी हो भन्ने कुरामा सरकार आफैमा प्रष्ट हुनु पर्दछ। साथै भाषा सिक्ने बिदेशीहरुलाइ मात्रभाषा सिक्नु भनेर हुदैन, भाषा सिकाउने निकायको पहिचान, काूनूनि तथा आर्थिक रुपमा स्थानिय निकायलाइ अधिकारको प्रत्यायोजन लगायतका विविध बिषयमा समन्वयको आवस्यकता पर्दछ। 

भाषा अध्यनलाइ अनिवार्य गराउने हो भने जापान छिर्नासाथ आफु बसेको नगर वा वडा कार्यलयले दर्ता प्रकृयाकै बेला यति घन्टा अनिवार्य कक्षा लिनु भनि निशुल्क अध्यनको ब्यवस्था गर्नु राम्रो हुन्छ। यो काम सामाजीक संस्थाले स्वंयमसेवी हिसावले हैन सरकारले बजेट मार्फत प्रोफेसनल संस्थालाइ आधारभुत जापानी भाषाको पाठ्यक्रम तयार पारी संचालन गर्नु उपयुक्त हुन्छ ।

नेपालको परिप्रेक्षमा हालका दिनहरुमा डिपेन्डेन्ट भिषामा आउने बहुसंख्यक नेपालीहरु नेपालमा अध्यन वा रोजगारको अनुभव गरेका देखिन्छन। तर जापानी भाषा नजान्दा भाषा नचाहिने काम बाहेक पाइदैन र क्यारियर बनाउन नसकि रहेको अवस्था रहेको छ। डिपेनडेन्ट भिषाबाट पनि अन्य भिषामा परिवर्तन गर्न सकिने प्रावधान रहेकोले आफ्नो परीवारलाइ भाषा सिकाएर अझ दक्ष काममा लगाउन सके भोलीका दिनमा जापानमा हुर्कने छोराछोरीको पढाइ र अन्य कृयाकलापमा बाबुआमाले खेल्ने भुमिकामा धेरै फरक पार्ने प्राय निश्चित छ । 

आत्मा बिश्वासको बृद्धि र आर्थिक सबलता र सबैभन्दा ठुलो कुरा बच्चाले हेर्दा गौरव गर्न लाएक बाबु आमा बन्नु पनि महत्वपुर्ण कुरा हो। 

बाबुआमा संगै आएका बिदेशी बच्चाहरुको पढाइमा भाषागत कमजोरी रहेको छ। यतै जन्मेका बच्चाहरुमा मातृभाषा नजान्दा परीवार र देश प्रतिको रुचीमा कमी आउने समस्या पनि छ। 

यो सबै कुरा ब्यक्ति वा समुदायको जीम्मामा छोड्ने होइन जुन सम्भव पनि छैन। नँया कानूनले बिदेशीहरुलाइ कर वा भिषामा अंकुस लगाउने मात्र होइन उनीहरुमा भएको बिबिध क्षमतालाइ प्रष्फुटन गर्ने तर्फ पनि सरकारी श्रोत र साधन प्रयोग गर्न सके जापान र बिदेशी दुवैको लागी हित हुने देखिन्छ ।

जापानको नयाँ थपिने भिषाले जापानबासि नेपालीलाई समेट्न सकेन -जिज्ञान कुमार थापा 

अहिले यता होइन उता जानुस्...!