टोकियो, जापान ।
नेपाल वायुसेवा निगमका वरिष्ठ पाईलट बिजय लामाले अर्को महिनाबाट ओसाका काठमाडौं उडान सुरुहुन लागेको नेपाल एयरलाईन्सको बिमान प्रयोग गर्न जापानवासी नेपालीहरुलाई आग्रह गरेका छन् ।
काठमाडौं ओसाकाको पहिलो सिधा हवाई उडान भर्ने बताईएका वरिष्ठ पाईलट लामाले सबै जापानवासी नेपालीहरुलाई नेपाल एयरलाईन्सलाई मायाँ गर्न अनुरोध समेत गरेका छन् ।
कलाकारिता देखी सामाजिक अभियानमा समेत सक्रिय वरिष्ठ पाईलट लामाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेबानीलाई जापानवासी नेपालीहरुको साथ र सहयोगको खाँचो रहेको भन्दै यस्तो लेखेका छन्
...
नेबानि (नेपाल वायु सेवा निगम) राम्रो हुनलाइ, नेबानिले राम्रो गर्नलाइ अनि प्रगतिशील मार्गमा बड्नको लागि नेपाली जनताको माया अनि साथको हर्दम जरुरी पर्छ भन्ने कुरामा दुइमत हुनै सक्दैन !
हरेकको मनमा बसेको हुनाले नै राम्रो हुदा होस या नराम्रो भएको अवस्थामा पनि सबैले टीका टिप्पणी गरेको पाइन्छ! यो त माया पाएको भनेर मान्नु पर्छ सबैले !
झन्डै साडे तीन दसकको मेरो नेबानी सङको सहकार्यमा, सह यात्रामा सायदै कुनै यस्तो समय छैन होला जति बेला मैले नेबानिको बारेमा न सोची बसेको !!
मलाइ मेरा आफन्तहरुले, मित्रहरुले, सुभ चिन्तकहरुले अनि मलाइ चिन्नेहरुले किन यति धेरै नेबानी को लागि बहस गरिरहेको ? किन यति धेरै समय ब्यतित गरेको ? किन यति धेरै माया गरेको भन्दै सम्झाउन न खोजेको पनि हैन !
तर पनि कहिले रोकिन नेबानीलाई माया गर्न अनि गरिनै रहे ! सायद यो मेरो हृदय देखि नै पलाएको माया होला! त्यसैले नै कहिले रोक्न सकिन यो माया !!!
केही दिन यता अब सुरु हुन आटेको जापान उडानको लागि यात्रुहरु त्यति छैन भन्दै समाचार सम्प्रेषण गरेको देख्दा अति दुख लाग्यो अनि चिन्तित पनि भएको छु ! त्यसैले यहि स्टेटस मार्फत सबै नेपाली दाजु भाइ दिदी बहिनिहरुलाइ अनुरोध गर्न चहान्छु कि नेबानीलाई तपाइहरुको साथ र सहयोगको खाचो छ यो उडान सफल्ता पुर्बक सन्चालन हुनलाइ !!
बिशेष गरि जापानमा रहनु हुनेहरुमा मेरो बिनम्र अनुरोध!!! साथ दिनुको लागि!!! तपाइहरुको साथ अबस्य हुन्छ भन्ने पुर्ण बिस्वासका साथ अहिलेलाइ दोहा बाट शुभप्रभात....
जय चन्द्र सुर्य !!