सम्पूर्णमा नमस्कार ,मेरो कुरा सोसल मिडिया पल्याटफर्म मार्फत पढिरहनु भएका र सुनीरहनु भएका सबैजनालाई धन्यवाद प्रकट गर्न चाहन्छु ।
मेरो नाम सृजना खड्का (कार्की) , उमेर २८ वर्ष , स्थाई ठेगाना (माईत) गोकुलगंगा गाउँपालिका वडा नं ६ , फर्पू ,रामेछाप अनि (घर) तामाकोशी गाउँपालिका वडा नं. २ ,झुले ,दोलखा भई हाल म जापानको ओसाकामा बस्दै आइरहेकी छु। सन् २०१९ मा केहि सपना बोकी जापान स्टुडेन्ड (विद्यार्थी) भिषामा आएकी थिएँ। र सोहि सपना साकार पार्ने अठोटका साथ निरन्तर मेहनत गरी नै रहेकी छु। तर सन् २०२१ को मार्चमा जिन्दगीले अप्रत्याशित मोड लिन पुग्यो जब म एक्कासी नराम्ररी बिरामी हुन पुगेँ ।
पेटमा नराम्ररी दुखाई भएपछि म ओसाका सिटी जेनेरल हस्पिटल गएँ। डाक्टरहरूको निरन्तर प्रयासपछि पनि समस्याको कारण र रोग के हो भनेर पत्ता लगाउन सकिरहेका थिएनन्। त्यसैले चिकित्सकहरूको सल्लाह अनुसार हस्पिटलमै भर्ना भई विभिन्न किसिमका परिक्षणहरू गरियो। त्यति गर्दा पनि केहि परिक्षणबाट पनि कुनै नतिजा प्राप्त भईरह्को थिएन । अन्त्यमा जब शरीरमा विभिन्न किसिमको औषधिको प्रयोग गरी जॉच गरियो तब सन् २०२१ को नोभेम्बरमा मलाई Pancreatic neuro endocrine cancer (प्यान्क्रियाटिक / अनाशयीको न्युरोईन्डोक्राइन क्यान्सर) भएको फेलापर्यो ।
यो क्यान्सर जापानमा भएका करीब १००,००० जना मानिस मध्य ६ जनालाई हुने एक दुर्लभ किसिमको बिमारी हो । र डाक्टरको सल्लाह अनुसार नै सन् २०२१ को डिसेम्बरमा ओसाका सिटी जेनेरल हस्पिटलमा शल्यक्रिया गरी क्यान्सर भएको भाग निकालिएको थियो। तर दुर्भाग्यवस् शल्यक्रिया पश्चात सि.टी स्क्यान (CT SCAN) गरी हेर्दा कलेजो / LIVER मा नि केही समस्या भएको अनुमान गरियो। त्यसपछि तुरून्तै डाक्टरको सल्लाह अनुसार फेरी एम.आर.आई(MRI ) , लगायतका अन्य जाँचहरु गर्दा सन् २०२२ को जनवरीमा कलेजोमा क्यान्सर भएको पत्ता लाग्यो ।
त्यस लगत्तै मेरो उपचारक डाक्टरको सल्लाह र उपचारविधि अनुसार क्यानसरको लागि पहिलो चरणको उपचारमा केमोथेरापिको खाने औषधीको प्रयोग गरियो । सो औषधि ४ महिना प्रयोग गर्दा पनि प्रभावकारी नभएको देखिएपछि फेरी देस्रो चरणको उपचारमा केमोथेरीपिको नयाँ औषधि चलाइयो। तर त्यो औषधि पनि त्यत्ति प्रभावकारी नभएपछि सन् २०२२ को अक्टूबरमा फेरी सेकेण्ड ओपिनियनको लागि म क्योटो यूनिवर्सिटी हस्पिटल गएँ ।त्यहॉ गएर त्यहॉको डाक्टरसँग कुरा गरिसकेपछि भने आशाको केहि किरण पलायो। सोहि कारण त्यसपछिको उपचार त्यहि हस्पिटलमा गर्ने निर्णय गरियो।
डाक्टरको सल्लाह अनुसार क्यान्सरको लागि सन् २०२२को नोभेम्बरमा तेस्रो चरणको उपाचारका लागि फेरी नयॉ औषधिको प्रयोग गरी टार्गेटेड थेरापि गर्न सुरू गरियो। तर लगभग ३ महिनासम्म टार्गेटेड थेरापि (targeted therapy) गरेतापनि प्रभावकारी भएन र क्यानसरकोषिका (Cancer cells ) झन् झन् बढ्दै गयो । हरेक उपचारका सम्भावनाहरू गर्दागर्दै पनि केहि नभईरहेको बेला झिनो आशा फेरी डाक्टरको कुराबाट आयो। डाक्टरको अनुसार बायोप्सि (Biopsy) परिक्षण गरेमा ,जम्मा १% सम्भावना छ कि त्यसको रिपोर्ट हेरी केहि नयॉ उपचारविधि पत्ता लाग्ने ।यो कुरा सुनेपछि नै मैले त्यो आशाको सानो त्यान्द्रोको हात समाति बायोप्सि गर्ने निर्णय गरेँ । र सन् २०२३ को जनावरीमा बायोप्सि गरियो ।
चमत्कार सरी …. पेप्टाइड रिसेप्टर रेडियोन्यूक्लाइड थेरापी /Peptide Receptor Radionuclide Therapy (PRRT) प्रभावकारी हुने देखियो। र PRRT उपचारविधि चौथो चरणको अन्तिम लाईनमा डाक्टरको सल्लाह अनुसार यसको ४ डोज/खुराक (dose) प्रयोग गरियो। सन् २०२३को अगस्टसम्म हरेक ८ हप्तामा ४ पटक PRRT उपचार दिएपछि सिटी स्क्यान (CT) ले राम्रो प्रतिक्रिया देखायो । र PRRT ले चमत्कारिक रूपमा ९०% रिकभरी भएको र बाँकी रहेको १०% भागको लागि मसिक रूपमा सुई (ソマチュリン )लगाइराखेको थिएँ । तर सन् २०२४ को फेब्रुअरीमा अचानक फेरी स्वास्थ्यमा गढबढी भएपछि तुरून्त हस्पिटल गई जॉच गर्दा शरिरका अन्य भागहरुमा पनि क्यान्सरकोषिका फैलिएको देखियो। र फैलिएको भागको लागि PRRT बाहेक अन्य उपचार विधिहरू प्रभावकारी नभएको कुरा डाक्टरले बताए।
यो ३ वर्षमा धेरै थरीका उपचार विधिहरू अपनाईएका छन्।
१- केमोथेरापि (chemotherapy),
२- टार्गेटेड थेरापि (targeted therapy),
३- शल्यक्रिया (surgery),
४ - पेप्टाइड रिसेप्टर रेडियोन्यूक्लाइड थेरापी (Peptide Receptor Radionuclide Therapy/PRRT)
तर PRRT उपचारविधि जापानको बिमाले ४ डोजसम्म मात्रै बेहोर्ने भएको भन्ने जानकारी डाक्टरमार्फत प्राप्त भयो। र सो ४ डोज पहिले सन् २०२३मा गरिसकेको हुनाले अहिलेको ४ डोजको रकम आफैले पूरा तिर्नुपर्ने कुरा हस्पिटलबाट जानकारी प्राप्त गरेँ। उपचार खर्च एक डोजको लागि जापानिज यन 300万 अर्थात यहॉको ३० लाख रुपैयाँ लाग्ने र कुल ४ डोजको लागि १ करोड २० लाख लाग्ने भएको छ। तर रकम निकै ठूलो भएको हुनाले परिवारको आर्थिक अवस्थाले नभ्याउनेहुँदा हजुरहरूमाझ रकम संकलन गर्नको लागि मद्दत गरिदिन विनम्र अनुरोध लिएर आएकी छु ।
विगत केहि वर्षदेखि उपचार प्रकियाको लागि र एक्कासि अनेकौँ स्वास्थ्यमा समस्या आएर धेरै पटक हस्पिटल भर्नाहुनपर्यो ।यो कठिन समयमा प्रतक्ष- अप्रत्यक्ष रूपमा मेरो परिवारका साथै साथीभाईहरूले दिनुभएको हौसलाका कारण नै म यो यात्रामा यहॉसम्म आईपुगेकी छु। यहाँहरूको यो सबै माया र साथको लागि निकै आभारी छु ।
अहिलेसम्मको उपचारखर्च पनि मैले र मेरो परिवारका साथसाथै साथीभाईहरूको सपोर्टमा गरीरहेकी छु। तर यसपछि गरिने उपचारको लागि म हजुरहरूको माझमा यसरी सामाजिक संजालको मार्फत उपस्थित भएकीछु। यहाँहरु सबैको साथ र सहयोग पाएमा मलाई यो घातक क्यान्सरबाट लड्न अझै ऑट र भरोसा मिल्ने छ । आशा गर्दछु कि मेरो यो कठिन परिस्थितिमा साथ र सहयोग दिनुहुनेछ।
मनैदेखि हजुरहरू सबैलाई धन्यवाद्।
सहयोगी मनहरुको लागि
जापानमा
सृजना खड्का (कार्की)
14480-52138771
カドカ カルキ シルザナ
नेपालमा
Bishnu bahadur khadka
NMB BANK, Kathmandu
0210011235600011