(Japan) 1 st May | 2026 | Friday | 10:08:52 PM || (Nepal) 6:53:52 PM
 
 


रबिन्द्र मिश्रलाई थुनामुक्त गर्न सरकारलाई सर्वोच्चको आदेश

  POSTED ON : Saturday, 17 May, 2025 | Views : 742

रबिन्द्र मिश्रलाई थुनामुक्त गर्न सरकारलाई सर्वोच्चको आदेश


काठमाडौं, नेपाल ।

हिंसात्मक आन्दोलन गरेको आरोपमा सरकारको निर्देशनमा प्रहरी थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्बोच्च अदालतले आदेश दिएको छ । 


बन्दीप्रत्यक्षीकरण सम्बन्धि रिटमा सर्बोच्चले शुक्रबार यस्तो आदेश दिएको हो। उनलाई हाजिरी जमानीमा छाड्न भनिएको छ। 


सर्बोच्च अदालतका न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो। 

गत १५ चैतमा राजतन्त्रको पक्षमा भएको आन्दोलनलाई हिंसात्मक बनाएको भन्दै प्रहरीले सोही दिन पक्राउ गरी उनलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ । 


अनुसन्धान नै बाँकी नरहँदा पनि आफुलाई थुनामा राखिएको भन्दै लामो समय हिरासत राख्दा प्रहरीको आलोचना भएको थियो ।