(Japan) 7 th May | 2026 | Thursday | 8:20:12 PM || (Nepal) 5:05:12 PM
 
 


हाँस्दै र हात हल्लाउँदै पक्राउ परेका केपी ओली अस्वस्थ भन्दै अस्पताल भर्ना

  POSTED ON : Saturday, 28 March, 2026 | Views : 510

हाँस्दै र हात हल्लाउँदै पक्राउ परेका केपी ओली अस्वस्थ भन्दै अस्पताल भर्ना


काठमाडौं, नेपाल ।

भ्रष्टाचार होस् वा अन्य अपराधको आरोपमा पक्राउ पर्दा नेपालका नेताहरु तत्काल स्वास्थ्य समस्या भन्दै अस्पताल भर्ना भएर अनुसन्धानमा असहयोग गर्दै आएका छन् । त्यसैलाई निरन्तरता दिंदै केपी ओलीले पनि पुरानै शैलि अपनाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार अस्पताल भर्ना भएका छन् । आजै बिहान पक्राउ परेपछि स्वास्थ्य उपचारका लागि टिचिङ अस्पताल  लगिएका ओली त्यहि भर्ना भएका हुन् ।

स्वास्थ्यमा समस्या भएको र आफुलाई असहज भएको बहाना बनाउँदै केपी ओली अस्पतालमै भर्ना भएका हुन् ।