(Japan) 13 th December | 2024 | Friday | 2:12:03 AM || (Nepal) 10:57:03 PM
 
 


गजलको रसस्वादन : जापानमा पहिलो पटक प्रदीप रोदन गजल साँझमा गुञ्जदै

  POSTED ON : Tuesday, 27 August, 2024 | Views : 698

गजलको रसस्वादन : जापानमा पहिलो पटक प्रदीप रोदन गजल साँझमा गुञ्जदै


टोकियो, जापान ।

साहित्यको क्षेत्रमा जापानमा आम संघसंस्थाहरुले भन्दा पृथक काम र प्रयासहरु गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले यस पटक विगतका भन्दा झनै फरक प्रकृतिको कार्यक्रम आयोजना गरेको छ ।

गजल मन पराउनेहरुका लागि मन मुटुमा छुने शब्द चयन र पृथक बाचन शैलिका कारण पछिल्लो समय लोकप्रिय रहेका गजलकारका रुपमा स्थापित प्रदीप रोदन जापानका विभिन्न शहरहरुमा गजल वाचनका साथ गुञ्जिने भएका छन् ।

नेपाली गजलका प्रणयता मोतीराम भट्टको १५९ औं जन्म जयन्तीको अवसरमा अनेसास जापानले प्रदीप रोदन को साथमा गजल साँझ ९२०२४ को आयोजन गरेको हो । यहि अगष्ट ३१ तारीख गजल साँझ टोकियो ओकोबू स्थित R’s Art court हलमा आयोजना गरिएको छ । दिनको ३ बजेबाट सुरु हुने गजल साँझको आवश्यक तयारी पुरा भएको अनसास जापानका अध्यक्ष अरुण पौडेलले जानकारी दिनुभयो ।

नेपाली साहित्यप्रेमी युवा पुस्ता माझ निकै लोकप्रिय गजलकार प्रदीप रोदन समाजका बिकृति बिसंगती, राजनीति देखि प्रेम, प्रणय र बिछोड सम्मका भावलाई गजल मार्फत कलात्मक रुपमा पस्कन माहिर मानिनुहुन्छ ।

रोदनको साथमा टोकियो पछि सेप्टम्बर ४ तारीख ओशाका स्थित जिग्री दोहोरी साँझ र सेप्टम्बर ८ तारीक नागोया फुसीमी स्थित दैलो रेष्टुरेण्टमा साँझ ४ बजे बाट कार्यक्रम हुने भएको छ ।

सुमधर सांगितिक धुनको साथमा बाचन गरिने गजल साँझमा उपस्थितिका लागि अध्यक्ष पौडेलले अनेसास जापानको तर्फबाट सबै साहित्यिक अनुरागीहरुलाई निमन्त्रणा समेत गर्नुभयो ।

लेखक तथा गजलबार प्रदीप रोदन ०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ लगायत एक दर्जन साहित्यिक पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

...

टोकियोका गजलकार प्रदीप रोदनको साथमा 'गजल साँझ' आयोजना हुँदै