(Japan) 21 st May | 2026 | Thursday | 9:52:56 PM || (Nepal) 6:37:56 PM
 
 


अनेसास जापान च्याप्टरको ८३ औँ नियमित साहित्य शृङ्खला जुन ७ मा हुँदै, कवि अमृता स्मृतिको विशेष प्रस्तुति रहने

  POSTED ON : Friday, 22 May, 2026 | Views : 170

अनेसास जापान च्याप्टरको ८३ औँ नियमित साहित्य शृङ्खला जुन ७ मा हुँदै, कवि अमृता स्मृतिको विशेष प्रस्तुति रहने


टोकियो, जापान ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले आफ्नो ८३ औँ नियमित साहित्य शृङ्खला कार्यक्रम आगामी जुन ७ तारिख आइतबार आयोजना गर्ने भएको छ ।


जापानस्थित नेपाली साहित्यप्रेमीहरूलाई लक्षित गर्दै आयोजना हुन लागेको उक्त कार्यक्रममा विशेष अतिथि कवि अमृता स्मृतिको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।


सिन ओकुबोस्थित रोयल गार्डेनमा दिउँसो १२ः३० बजेदेखि सुरु हुने कार्यक्रममा “स्मृतिका कुरा र कविता” शीर्षकमा विशेष साहित्यिक प्रस्तुति रहनेछ । साथै कार्यक्रममा खुला रचना वाचनसमेत गरिने भएकाले साहित्य सिर्जनामा रुचि राख्ने सहभागीहरूले आफ्ना कविता, गजल तथा अन्य साहित्यिक रचनाहरू प्रस्तुत गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


अनेसास जापान च्याप्टरले जापानमा रहेका नेपाली समुदायबीच नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै नियमित रूपमा साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यसपटकको साहित्य शृङ्खलाले पनि साहित्यिक जमघटलाई अझ सशक्त बनाउने विश्वास आयोजकको छ ।


कार्यक्रममा जापानमा रहेका सम्पूर्ण साहित्यप्रेमी, लेखक, कवि तथा नेपाली समुदायका महानुभावहरूको गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।