टोकियो, जापान ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले अग्रज साहित्यकार तथा समाजसेवी सुष्मा ओमाता प्रति समर्पित विशेष साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
अनेसास जापान च्याप्टरको ८४औँ नियमित साहित्य शृङ्खला अन्तर्गत आयोजना हुन लागेको कार्यक्रममा ‘सुष्मा ओमाता विशेष’ शीर्षकमा उहाँको साहित्यिक तथा सामाजिक योगदानमाथि विशेष चर्चा गरिने आयोजकले जनाएको छ ।
सुष्मा ओमाता ४ दशक भन्दा बढि समय देखि जापानमा बस्दै आउनुभएको छ भने उहाँ सितारवादक तथा साहित्यकारका रुपमा परिचित हुनुहुन्छ ।
कार्यक्रममा सुष्मा ओमाताको योगदानबारे चर्चा गर्नुका साथै खुला रचना वाचन समेत गरिनेछ । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय साहित्यप्रेमीहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ ।
जापानमा रहेका नेपाली साहित्यकार, स्रष्टा, पाठक तथा नेपाली समुदायका महानुभावहरूको उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रम विवरण
मिति : २०२६ अगस्ट २३, आइतबार
समय : दिउँसो १:३० बजे
स्थान : सोलमारी हल, सिन–ओकुबो, टोकियो
आयोजक : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर
अनेसास जापान च्याप्टरले नेपाली भाषा, साहित्य र संस्कृतिप्रति रुचि राख्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई साहित्यिक माहोललाई थप समृद्ध बनाउन हार्दिक निमन्त्रणा गरेको छ।