टोकियो, जापान ।
चर्चित गजलकार प्रदीप रोदनको पहिलो पटक जापानमा गजल साँझमा उपस्थित हुने भएका छन् । शब्द र गजलको बाचन शैलिका कारण लोकप्रिय रहेका गजलकार प्रदीप रोदनलाई जापानवासी नेपालीमा उपस्थित गराउन लागेको हो अनेसास जापानले ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको पहलमा टोकियो ओकुबोमा रहेको आर एस आर्ट कोर्टको हलमा गजलकार रोदन अगष्ट ३१ तारिख शनिवार उपस्थित हुने भएका छन् ।
अनेसास जापानका अध्यक्ष अरुण पौडेलका अनुसार दिनको ३ बजेबाट सुरु हुने गजल साँझमा गजलकार प्रदीप रोदनले आफ्ना दर्जन बढि गजल प्रस्तुत गर्नुहुनेछ । गजल साँझमा जापानका नेपाली गजलकारहरुले पनि आफ्ना गजल बाचन गर्नुहुने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
सुमधर सांगितिक धुनको साथमा बाचन गरिने गजल साँझमा उपस्थितिका लागि अध्यक्ष पौडेलले अनेसास जापानको तर्फबाट सबै साहित्यिक अनुरागीहरुलाई निमन्त्रणा समेत गर्नुभयो ।
लेखक तथा गजलबार प्रदीप रोदन ०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ लगायत एक दर्जन साहित्यिक पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।