अर्जुन लामिछाने - टोकियो, जापान ।
जापानको चिवामा चक्कु प्रहारबाट एक नेपालि युवाको निधन भएको छ ।
चिवा प्रिफेक्चर स्थित फुनाबासी शिमा चक्कु प्रहारबाट नेपालको म्याग्दि घर भई जापान बस्दै आएका बादल छन्त्यालको निधन भएको हो ।
म्याग्दि जिल्ला घर भई पोखरा बस्ने छन्त्यालको जापानिज युवति उनकै प्रेमिकाले चक्कु प्रहार गरि हत्या गरेको बताईएको छ । ३० वर्ष उमेर समुहकी रहेको जापानिज युवति र छन्त्याल बिगत १ बर्ष देखि प्रेममा रहेको बताईएको छ ।
प्रेममा खटपट पछि छुट्ने निर्णय गरेर अन्तिम भेटका लागि छन्त्याल होटल गएको पाईएको छ । जुन होटलमा उनिहरु बिगत १ बर्ष देखी हरेक आईतवार जाने गर्दथे।
आईतवार बिहान ३ बजे सम्म छन्त्याल आफ्ना साथीहरुसँग कन्ट्याकमै रहेको बुझिएकोछ । त्यसपछी उनका दाजु तेजेन छन्त्यालले आईतवार बेलुका साँझ ५ बजेको आसपासमा मृत अवस्थामा भेटिएको खबर पाएका थिए ।
घटनास्थल सधै उनिहरु जाने होटलको एउटा कोठा हो । छन्त्यालको शरीरमा २ वा दुई भन्दा बढी पटक छुरा हानिएको प्रहरीले जानकारी दिएको छ ।
छन्त्यालको शबको पोस्टमार्टम ८ तारिख हुने बताईएको छ।