(Japan) 3 rd July | 2026 | Friday | 2:45:16 AM || (Nepal) 11:30:16 PM
 
 

जापानमा पक्राउ परेका २८ वर्षीय नेपाली युवक निर्दोस सावित, मुद्दा नचल्ने भन्दै रिहा

  POSTED ON : Thursday, 02 July, 2026 | Views : 276

जापानमा पक्राउ परेका २८ वर्षीय नेपाली युवक निर्दोस सावित, मुद्दा नचल्ने भन्दै रिहा


टोकियो, जापान ।

जापानको तोत्तोरी प्रिफेक्चरमा एक किशोरीमाथि अशोभनीय व्यवहार गरेको आरोपमा पक्राउ परेका २८ वर्षीय नेपाली युवालाई सरकारी अभियोजन पक्षले मुद्दा नचलाउने निर्णय गरेको छ । उनिमाथिको आरोप पुष्टि हुन नसकेपछि निर्दोष सावित भएर उनि छुटेको बताइएको छ ।


तोत्तोरी जिल्ला सरकारी वकिल कार्यालयले ती नेपाली युवकलाई अभियोग नलगाउने निर्णय गरेपछि उनी रिहा भएका हुन् । तर, अभियोजन कार्यालयले किन मुद्दा नचलाइएको हो भन्ने कारण सार्वजनिक गरेको छैन, जुन जापानमा सामान्य अभ्यास मानिन्छ ।


यसअघि ती युवकलाई स्थानीय एक आवासीय सुविधामा अन्दाजी १४ बर्षकी किशोरीको शरीर छोएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । घटनापछि प्रहरीले अनुसन्धान अगाडि बढाएको भए पनि, अन्ततः अभियोजन पक्षले अदालतमा मुद्दा दर्ता नगर्ने निर्णय गरेको हो ।


जापानको कानुनी प्रणालीमा पक्राउ परेकै आधारमा व्यक्ति दोषी ठहरिँदैन । अभियोजन पक्षले पर्याप्त प्रमाण नभएको, प्रमाणको मूल्याङ्कन वा अन्य कानुनी कारणका आधारमा मुद्दा नचलाउने निर्णय गर्न सक्छ ।