___________
रित्तियो सम्पति बाबुको सिद्धियो जवानी पनि
उर्लेको थियो खहरे आज सकियो पानी पनि
अस्ताउँदो सूर्य जस्तै लौन उमेर पाकेपछि
माँसियो गाईगोठ सारा भाँचियो मदानी पनि
घरगाँउमै रोजगारी दिने भन्दै बहुमत पाएपछि
आज भाईलाई कतारको थमायो राहदानी पनि
आ-आफ्नै तक्दिर हुन्छ रोजेको कहाँ मिल्छ र
परदेशीएको छोराले बाबुको भेटेन खरानी पनि
बेठेगानको चिठी बोकी हुलाकी दौडिएजस्तै गरि
यो जिन्दगीको आजसम्म पनि भएन ठेगानी पनि।
रित्तियो सम्पति बाबुको सिद्धियो जवानी पनि
उर्लेको थियो खहरे आज सकियो पानी पनि
मोहनप्रसाद खतिवडा-'मुमुक्षु'
जापान।