(Japan) 24 th June | 2026 | Wednesday | 11:23:32 PM || (Nepal) 8:08:32 PM
 
 

बुढ्यौली रोगका कोष हटाउने खोप बनाए जापानी वैज्ञानिकहरुले

  POSTED ON : Monday, 13 December, 2021 | Views : 3778

बुढ्यौली रोगका कोष हटाउने खोप बनाए जापानी वैज्ञानिकहरुले


टोकियो, जापान ।

जापानी वैज्ञानिकहरुको एक टोलीले बुढयौंलीसँग सम्बन्धित रोगहरु उत्पन्न गराउने कोष हटाउने खोपको विकास गरेका छन् । आफूहरुले धमनी कठोर हुँदै जाने लगायत बुढयौंलीसँग सम्बन्धित रोग गराउने कोषहरु हटाउने खोप विकास गरेको जुनटेन्डो युनिभर्सिटी प्राध्यापक तोरु मिनामिनोसमेत रहेको सो अनुसन्धान टोलीले बताएको हो ।

यस खोपले उमेरसँगै शरीरमा सञ्चित हुँने ‘जम्बी’ कोष र यसको आसपास रहेका क्षति पुगेका कोषहरु हटाउने बताइएको छ ।खोपलाई मुसामा लगाउँदा जम्बी सेलहरु (मेडिकल भाषामा भन्नु पर्दा सेनसेन्ट कोषहरु) घट्दै गएको पाइएको अनुसन्धान टोलीले बताएको छ ।

यो खोपलाई धमनी कठोर हुँदै जाने, मधुमेह र बुढ्यौलीमा लाग्ने रोगसँगसम्बन्धित अन्य रोगहरुको उपचारमा प्रयोग गर्न सकिने अपेक्षा आफूहरुको भएको मिनामितोले बताए ।

टोलीले गरेको अनुसन्धानको नतिजालाई शुक्रबार नेचर एजिङको अंग्रेजी संस्करणमा प्रकाशित गरिएको छ । सेन्सेन्ट कोषहरु भनेको टुक्रिन छाडेका तर नमरेका कोष हुन् । यसले सुन्निने समस्या उत्पन्न गराएर नजिक रहेको स्वस्थ कोषहरुमा पनि क्षति पुर्याउँछन् ।