टोकियो, जापान ।
जापानको स्वास्थ्य मन्त्रालयले मोडेर्ना र फाइजर कोभिड भ्याक्सिनको सम्भावित गम्भीर 'साइड इफेक्ट'बारे सूचि सार्वजनिक गरको छ ।
खोपको असर युवा पुरुषहरूमा मुटुको मांसपेशी र मुटुको बाहिरी भागमा दूख्ने जस्ता पाईएको मन्त्रालयले बताएको छ ।
नोभेम्बर १४ सम्ममा मोडर्ना भ्याक्सिन लगाएका प्रत्येक १० लाख पुरुषमध्ये ८१.७९ किशोर किशोरी र ४८.७६ २० वर्ष उमेरका पुरुषमा यस्तो 'साइड इफेक्ट' पाईएको रिपोर्टमा उल्लेख छ ।
फाइजर भ्याक्सिन लिनेहरूको लागि क्रमशः १५.६६ र १३.३२ प्रतिशत असर रहेको तथ्याङ्कहरूमा उल्लेख छ ।
मन्त्रालयले शनिबार विशेषज्ञहरूको बैठक आयोजना गरेको थियो । जहाँ खोपहरूसँग संलग्न कागजातहरूमा गम्भीर 'साइड इफेक्ट'हरू उल्लेख सहित जोखिमको चेतावनी दिईएको छ ।
कानून अनुसार खोप लगाएको २८ दिन भित्र खोपको असरका लक्षणहरू देखा परेका घटनाहरूको विस्तृत विवरण अस्पतालहरूले 'रिपोर्ट' गर्न आवश्यक हुनेछ ।
योजना प्यानलले स्वीकृत गरे अनुसार मन्त्रालयले नगरपालिकाहरूलाई यसबारेमा सूचित गर्ने भएको छ ।