टोकियो, जापान ।
अमेरिकी फर्मा कम्पनी नोभा भ्याक्सको कोभिड विरुद्धको खोप आगामी वर्षको शुरुमा जापानमा प्रयोग गरिने गरी नियामक अनुमति माग्ने तयारी भइरहेको छ ।
नोभाभ्याक्सको जापानी साझेदारका शीर्ष कार्यकारीले शुक्रबार यस्तो बताएका हुन् । कम्पनीले अमेरिकामा खोपको नियामक अनुमतिको लागि आवेदन दिने कार्यलाई पछाडि धकेलेर यो वर्षको अन्त्यमा पुर्याएको थियो ।
कम्पनीले उत्पादन र गुणस्तरसम्बन्धी समस्याको सामना गरिरहेको भन्दै अमेरिकी राजनीतिक पत्रिका पोलिटिकोले यही महीना समाचार छापेको थियो । कम्पनीले बेलायती नियामककसमक्ष बुधबार निवेदन दिएको छ ।
बेलायतमा पेश गरिएको निवेदनले जापानी नियामकहरुको चित्त बुझ्छ कि बुझ्दैन भनेर आफूहरुले मूल्यांकन गर्नु जरुरी भएको ताकेदाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्रिस्टोफी वेबरले रोयटर्ससँगको एक अन्तरवार्तामा भनेका थिए ।
जापानको बुष्टर खोप लगाउने कार्यक्रममा सम्म खोप तयार हुने अपेक्षा आफ्नो भएको वेबरले बताएका छन् । जापानमा यही वर्षको अन्त्यदेखि बुष्टर खोप लगाउने कार्यक्रम शुरु हुँदैछ । अनुमति मिल्ने बित्तिकै खोप उत्पादन गर्ने तयारी ताकेदाले मिलाइरहेको पनि उनले बताएका छन् । कम्पनीले पश्चिम जापानको हिकारी कारखानामा नोभाभ्याक्सको प्रोटिनमा आधारित खोपको २५ करोड मात्रा बनाउन सक्ने ताकेदाले बताएको छ ।
जापान सरकारसँग ताकेदाले १५ करोड मात्रा खोप बेच्न सहमति गरेको छ । जापान आफ्नो खोप कार्यक्रमका लागि अमेरिकी फर्मा कम्पनी फाइजर इंक र मोडेर्नाको खोपमाथि निर्भर छ । आगामी ५ वर्षमा जापानको कोभिड–१९ विरोधी खोपमा १३ खर्ब ७० अर्ब येन खर्च हुने अनमान गरिएको छ ।