(Japan) 25 th June | 2026 | Thursday | 9:28:26 AM || (Nepal) 6:13:26 AM
 
 

कोभिड बिरुद्व फाइजर बुष्टर खोप ९५ दशमलव ६ प्रतिशत प्रभावकारी

  POSTED ON : Saturday, 23 October, 2021 | Views : 2422

कोभिड बिरुद्व फाइजर बुष्टर खोप ९५ दशमलव ६ प्रतिशत प्रभावकारी


एजेन्सी, जापान ।

अमेरिकी फर्मा कम्पनी फाइजर इन्क र उसको जर्मन साझेदार बायोएनटेकले बिहिबार कोरोना भाइरस विरुद्धको खोपको बूष्टर खोपको क्लिनिकल परीक्षणको नतिजा सार्वजनिक गरेको छ । कम्पनीहरुका अनुसार तेस्रो खोपले प्रभावकारीता ९५ दशमलव ६ प्रतिशतमा ल्याएको परीक्षणले देखाएको छ ।

खोपको दुबै मात्रा लगाएको ६ महीनाभित्रै यसको प्रभावकारिता घट्दै जाने गरेको कम्पनीका वैज्ञानिकहरु पत्ता लगाएका थिए । अमेरिका र यूरोपेली नियामकहरुले कोभिडको गम्भीर लक्षण देखिन सक्ने अवस्थामा भएका ६५ वर्ष वा सो भन्दा बढी उमेरका मानिसहरु अनि कामकै कारण संक्रमण हुन सक्ने अवस्थामा भएकाहरुलाई बूष्टर मात्रा लगाउन अनुमति दिइसकेको छ ।

कम्पनीले १६ व र्ष वा सो भन्दा बढी उमेरका १० हजार मानिसहरुमा खोपको परीक्षण गरेको थियो । आधा भन्दा धेरैलाई बुष्टर मात्रा दिइएको थियो भने बाँकी आधालाई प्लेसबो दिइएको थियो । तेस्रो मात्राले खोपको सुरक्षालाई दोस्रो खोप लगाएपछिकै स्तरमा पुर्‍याउने नतिजाले देखाएको छ । सहभागीहरु कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्टजस्ता प्रकारबाट संक्रमित हुने जोखिम पनि निकै कम भएको पाइयो ।

अमेरिकी नियामकले घरेलु कम्पनीहरु मोडर्ना र जोन्सन एन्ड जोन्सनको बूष्टर खोपलाई अनुमति दिएको एक दिनपछि फाइजरले क्लिनिकल परीक्षणको नतिजा सार्वजनिक गरेको थियो । जापानले पनि यही वर्षको अन्त्यदेखि बुष्टर मात्रा लगाउने तयारी गरिरहेको छ । यसका लागि सरकारले अतिरिक्त खोप खरिदका लागि फाइजर लगायत विविध कम्पनीहरुसँग सम्झौता पनि गरिसकेको छ ।