(Japan) 25 th June | 2026 | Thursday | 9:30:45 AM || (Nepal) 6:15:45 AM
 
 

जापानमा ७४ प्रतिशतले लगाए कोरोनाको खोप

  POSTED ON : Monday, 18 October, 2021 | Views : 2650

जापानमा ७४ प्रतिशतले लगाए कोरोनाको खोप


टोकियो, जापान ।

कोरोना भाइरस बिरुद्धको खोप जापानमा ७४ प्रतिशत नागरिकले कम्तिमा एक मात्रा लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार दुवै मात्रा खोप ६६ प्रतिशत जनताले लगाएका छन् ।

मन्त्रालयले अक्टोबर १५ तारिखसम्मको विवरण सार्वजनिक गरे अनुसार ९ करोड ४६ लाख नागरिकले कम्तिमा एक मात्रा कोभिड १९ खोप लगाईसकेका छन् ।

जुन प्रतिशतमा ७४.७ हुन आउँछ ।

यसैगरि दुवै मात्रा कोरोनाको खोप ८ करोड ३६ लाख ५७ हजार नागरिकले लगाएका छन् । दुवै खोप लगाएको जनसंख्या ६६.१ प्रतिशत पुगेको छ ।

एक र दुवै मात्रा खोप लगाएको गरेर कुल १७ करोड ८२ मात्रा भएको तथ्यांकमा उल्लेख छ ।

खोप लगाएकामा एक मात्रा लगाउने ६५ बर्ष माथि उमेरका ३ करोड २५ लाख ८७ हजार भन्दा बढी अर्थात् ९१.१ प्रतिशत छन् ।

दुवै मात्रा खोप ३ करोड २१ लाख ७७ हजार बढी व्यक्तिले लगाउँदा ९० प्रतिशत कटेको छ ।

खोप लगाउने काम देशभर तिब्रगतिमा बढिरहेकाले आगामी दिनमा खोप लगाउने प्रतिशत विगतको तुलनामा छिटो बढ्ने ठानिएको छ ।

सरकारले नोभेम्वर अन्त्यसम्ममा खोप लगाउन ईच्छुक सबै व्यक्तिलाई उपलब्ध गराईसक्ने लक्ष्य राखेको छ ।

यस बाहेक तेस्रो मात्रा 'बुस्टर' खोपको रुपमा डिसेम्बर अन्त्यबाट चिकित्सक तथा ६५ बर्ष माथिका व्यक्तिहरुबाट सुरु गरिने तयारी सरकारले गरेको छ ।

जापानमा फाईजर, मोडर्ना र अष्ट्राजेनेकाको खोप मात्र प्रयोग गरिएको छ ।