टोकियो, जापान ।
जापानमा एक कम्पनीले मैले पूरा खोप लगाएको छु भन्ने देखाउनका लागि सुँइको डिजाइन भएको मास्क बेच्न थालेका छन् । उत्तरी जापानको यामागाता प्रिफेक्चरमा रहेको गोटो किन कम्पनीले यही महीनादेखि अनलाइनबाट सो मास्कको विक्री वितरण शुरु गरेको हो ।
टोकियो र यसको आसपासको क्षेत्रमा हजार जना उपभोक्तालाई कम्पनीले मास्क बेचिसकेको छ । कम्पनीका अधिकारीहरुका अनुसार खरिदकर्ताहरुलाई मास्कलाई भिडभाड धेरै भएको रेल वा अस्पतालमा जाँदा खेरि लगाउन भनेका छन् ।
यसले आसपास भएका मानिसहरुलाई निकटस्थ रहेको व्यक्तिले खोप लगाइसकेको रहेछ भनेर राहत दिने आशा गरिएको छ । जापानमा मानिसहरु अझै पनि कोरोना भाइरसको बारेमा चिन्तित भएकोले आफूले बेचेको मास्कले मानिसहरुलाई सुरक्षित महसुस गर्न मद्दत गर्छ भन्ने आशा आफूहरुले गरेको कम्पनीका अध्यक्ष गोतो तादाशीले बताएका छन् ।