(Japan) 25 th June | 2026 | Thursday | 9:31:06 AM || (Nepal) 6:16:06 AM
 
 

कोरोना परीक्षणको एन्टिजेन टेस्ट किट अब फार्मेसीहरुमा किन्न पाईने

  POSTED ON : Friday, 08 October, 2021 | Views : 2276

कोरोना परीक्षणको एन्टिजेन टेस्ट किट अब फार्मेसीहरुमा किन्न पाईने


टोकियो, जापान ।

आम जनतालाई नयाँ कोरोना भाइरस प्रति बेलैमा सचेत बनाउन परीक्षण किट फार्मेसीहरुमा विक्रि थाल्न सरकारले अनुमति दिएको छ । सरकारी अनुमतिसँगै व्यक्तिले किनेर आफैंले कोभिड परीक्षण सक्नेछन् । सरकारले अनुमोदन गरेपछि परीक्षण किटको बिक्री टोकियोमा फार्मेसीहरुमा शुरू भएको हो ।

एन्टिजेन टेस्ट किटको विशेषता भनेको नतिजा लगभग १५ देखि ३० मिनेटमा प्राप्त गर्न सकिन्छ । स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले मात्र मेडिकल पसलहरुमा सरकारद्वारा अनुमोदित उत्पादनहरुको उपयोगको लागी अनुमोदन गरेको छ ।

गत हप्ता स्वास्थ्य मन्त्रालयले फार्मेसीहरुमा बिक्रीलाई अनुमोदन गरेपछि यसको निरीक्षण पनि थाल्ने भएको छ ।

एन्टिजेन टेस्ट किट बेच्दा फार्मेसिहरुमा फर्मासिस्ट हुनैपर्दछ । किनभने यसको प्रयोग व्याख्या गर्न र सही तरीकाबाट नाक बाट नमूना संकलन गर्नुपर्दछ । यदि भाइरसको मात्रा थोरै परेमा मात्रपनि संक्रमित भए पनि सकारात्मक नदेखिन सक्छ ।

टेस्ट किटको माध्यमबाट कोभिड सकारात्मक परिणाम प्राप्त गरेमा फार्मेसीहरुले चिकित्सा संस्थाहरुलाई जानकारी उपलब्ध गराउनेछ ।

जसको माध्यमबाट कोभिड सकारात्मक देखिएका व्यक्तिहरुले पीसीआर परीक्षण गरेर पुन सकारात्मक देखिए उपचार थाल्नसक्नेछन् ।