टोकियो, जापान ।
विश्वमानै दुर्लभ मानिने मासु खाने ब्याक्टेरियाको रुपमा चिनिएको ब्याक्टेरियाको संक्रमणमा जापानमा फैलंदै गएको देखिएको छ ।
स्ट्रेप्टोकोकस नामको ब्याक्टेरियाका कारण लाग्ने यस रोगलाई स्ट्रोप्टोकोकलल टक्सिस शक सिन्ड्रोन (एसटीएसएस) भनिएको छ । यो ब्याक्टेरियालाई ‘मासु खाने ब्याक्टेरिया’ नाम दिइएको छ ।
यो ब्याक्टेरिया शरीरमा छिरेको ४८ घण्टामै मानिसको ज्यान लिन्छ । यसले सीधै मासु खाने चाँहि होइन । मानव तन्तुलाई मार्ने भएकोले यसलाई मासु–खाने ब्याक्टेरिया भनिएको हो ।
जापानको नेशनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजका अनुसार जुन २ सम्ममा देशभरमा एसटीएसएसका ९७७ जना बिरामी भेटिएका छन् । गएको वर्षभरि देशभरमा यस रोगका ९४१ जना बिरामी भेटिएका थिए ।
‘अधिकांश मृत्यु ४८ घण्टाभित्रै भइरहेको छ,’ टोकियो वूमन्स मेडिकल युनिभर्सिटीमा संक्रामक रोग प्राध्यापक केन किकुचीले भनेका छन् । शुरुआती लक्षण देखिएको ४८ घण्टाभित्रै बिरामी मरिरहेको उनले बताएका छन् ।
स्ट्रेप्टोकोकस ब्याक्टेरिया दुई प्रकार छन् – ग्रुप–ए र ग्रुप–बी । ग्रुप ए स्ट्रेप्टोकोकसमा एक भन्दा धेरै अंग फेलियर हुन्छन् । तत्कालै उपचार गरिएन भने यो रोगका कारण ज्यानै जान सक्छ ।
शुरुमा यो भ्यारिएन्टको संक्रमण भएकाहरूलाई चिसो, खोकी, ज्वरो वा घाँटी दुख्ने जस्ता समस्या देखिन्छ । रोगले गाँज्दै र्गपछि रक्तचाप घट्ने, मुटुको धड्कन बढ्ने वा अंग फेल हुने समस्या देखिन्छ । ग्रुप–बी स्ट्रेप्टोकोकस भने हानिकारक छैन ।