(Japan) 17 th February | 2025 | Monday | 10:05:11 AM || (Nepal) 6:50:11 AM
 
 


रुसद्वारा विश्वमै पहिलो क्यान्सरविरुद्धको खोप बनाएको घोषणा

  POSTED ON : Friday, 20 December, 2024 | Views : 744

रुसद्वारा विश्वमै पहिलो क्यान्सरविरुद्धको खोप बनाएको घोषणा


एजेन्सी । 

रुसले क्यान्सर बिरुद्वको खोप निर्माण गरेको घोषणा गरेको छ ।


रुसी स्वास्थ्य मन्त्रालय अन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भ्याक्सिनको नाम भने राखिएको छैन ।


रुसले उक्त खोजलाई शताब्दीकै ठूलो भएको दाबी गरेको छ । । सरकारले उक्त खोप सन् २०२५ को सुरुमा सार्वजनिक गरिनुका साथै रुसी नागरिकलाई निशुल्क वितरण गरिने रुसी समाचारमाध्यम तासले जनाएको छ। निर्देशक आन्द्रेईले रुसले क्यान्सरविरुद्धको आफ्नै ‘एमआरएनए’ खोप विकास गरेको पुष्टि समेत गरेका छन ।


खोपको क्लिनिकल परीक्षण गरिएको र त्यसमा उक्त भ्याक्सिनले ट्युमर वृद्धि हुनबाट रोक्न मद्दत गरेको देखाएको जनाइएको छ।  सन् २०२४ को सुरुमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्यान्सरको खोप निर्माणको नजिक पुगेको बताएका थिए। 


यो खोप विगतका खोपभन्दा छिटो एन्टिबडी बनाउन सक्षम रहेको दाबी गरिएको छ।  यो खोप ‘एमआरएन’ प्रविधिमा आधारित पहिलो खोप भएको बताइएको छ। विश्व स्वास्थ्य संगठन–डब्लूएचओका अनुसार प्रत्येक मिनेट क्यान्सरबाट १७ जनाको ज्यान जाने गरेको छ । 


यो विश्वमै पहिलो क्यान्सर बिरुद्वको खोप हो ।