(Japan) 25 th June | 2026 | Thursday | 4:06:45 PM || (Nepal) 12:51:45 PM
 
 

डेल्टा कोरोनाबाट जोगिन भन्दै जापानमा स्वास्थ्यकर्मीले नै चार मात्रा कोरोनाको खोप लगाएको पाइयो

  POSTED ON : Thursday, 16 September, 2021 | Views : 2632

डेल्टा कोरोनाबाट जोगिन भन्दै जापानमा स्वास्थ्यकर्मीले नै चार मात्रा कोरोनाको खोप लगाएको पाइयो


नारा, जापान ।

पश्चिम जापानको नारा प्रिफेक्चरको इकारुगामा एक स्थानीय अधबैंसे पुरुषले कोरोना भाइरस विरुद्धको खोपको चार मात्रा लगाएका छन् ।

मंगलबार स्थानीय सरकारले यस्तो बताएको हो । यसरी खोप लगाउने ती पुरुष मेडिकल पेशाकर्मीका रुपमा काम गर्ने व्यक्ति भएको बताइएको छ ।उनलाई अहिलेसम्म कुनै प्रतिकूल प्रभाव भने देखिएको छैन । ती पुरुष नगरका बासिन्दा भएको इकारुगा नगर सरकारले बताएको छ । उनले मे र जुनमा नारा प्रिफेक्चर बाहिर दुई ओटा खोप लगाएका थिए ।

ती खोप प्राथमिकता समूह अन्तर्गत लगाइएको बताइएको छ । जुलाई र अगष्टमा पुनः दुई मात्रा खोप लगाए । प्रिफेक्चर बाहिर उनले खोप लगाएको रेकर्ड अगष्टको अन्त्यमा प्रिफेक्चरल राष्ट्रिय स्वास्थ्य बीमा संगठनमार्फत नगर कार्यालयलाई आएपछि ती पुरुषले चार मात्रा खोप लगाएको कुरा सार्वजनिक भएको हो ।

ती व्यक्तिले इकारुगामा आफू खोप लगाउन बाँकी छु भनेर आवेदन फारममा ढाँटेका थिए । ‘म आफैलाई म्युटेन्ट स्ट्रेनबाट जोगाउन चाँहन्थे, मलाई माफ गरिदिनु होला,’ नगर सरकारलाई उनले भनेका थिए ।