(Japan) 25 th June | 2026 | Thursday | 4:08:13 PM || (Nepal) 12:53:13 PM
 
 

जापानमा डेल्टा कोरोना संक्रमितबाट ६४ गुणासम्म संक्रमण फैलावट

  POSTED ON : Tuesday, 14 September, 2021 | Views : 3834

जापानमा डेल्टा कोरोना संक्रमितबाट ६४ गुणासम्म संक्रमण फैलावट


टोकियो, जापान ।

डेल्टा प्रकारको कोरोना भाइरस संक्रमितबाट भाइरसका जीवाणु ६४ गुणासम्म फैलाउनसक्ने क्षमता रहने एक अध्ययनले पुष्टि गरेको छ ।

जापानको प्रयोगशाला जाँच सेवा कम्पनी बीएमएलएले गरको तथ्यांक संकलनबाट डेल्टा प्रकारको भाइरस संक्रमितबाट चार देखी ६४ गुणासम्म भाइरस फैलनसक्ने क्षमता रहेको पाइएको छ ।

कम्पनीले कोरोना भाइरसको दैनिक २० हजार पीसीआर परीक्षण गर्दै आएको छ । पीसीआर परीक्षणको दौरान नमुनामा भाइरसको वंशाणुहरुको क्षमता परीक्षण गर्ने गरिन्छ । जब भाइरसमा प्रर्वद्धन चक्रको संख्या कम हुन्छ यसको मतलब नमुनामा बढी मात्रामा भाइरस रहेको छ भन्ने बुझिन्छ ।

बीएमएलएले बताए अनुसार यो बर्ष जनवरीमा ३८ प्रतिशत नमुनामा २० भन्दा कम प्रर्बद्धन चक्रका भाइरस पुष्टि भएको थियो ।

अप्रिलमा अल्फा प्रकारको भाइरस प्रसारपछि यस्तो प्रतिशत बढेर ४१.४ प्रतिशत पुगेको थियो ।

जुलाई महिनामा डेल्टा प्रकारको भाइरस फैलिएपछि नमुनामा भाइरसको प्रतिशत ६६ पुगेको थियो र अगष्टमा ६४ प्रतिशत पाइयो ।

प्रर्बद्धन चक्रको संख्यालाई सिटि भ्याल्यु भन्ने गरिन्छ । ४० वा सो भन्दा कम संख्या पाइएमा व्यक्तिमा संक्रमण पुष्टि देखिन्छ ।

हरेक महिना सामान्य सिटि भ्याल्यु आधारमा बीएमएलएले कोरोना भाइरसको मुल प्रकार वा अल्फा प्रकारको तुलनामा डेल्टा प्रकारको नमुनामा ४ देखी ६४ प्रतिशत धेरै भाइरस रहेको पुष्टि गरेको छ ।

बीएमएलएका कार्यकारी अधिकारी यामागुची तोशिकाजुले जुलाईमा कम्पनीको कम सीटी भ्याल्यु तर धेरै संख्यामा भाइरसको नमुना पाइएको बताए । उनले भनेकि डेल्टा प्रकार र अन्य प्रकारको नमुनामा भाइरसको संख्या निश्चित रुपमा भिन्न पाइएको छ ।