(Japan) 25 th June | 2026 | Thursday | 4:15:15 PM || (Nepal) 1:00:15 PM
 
 

मोडेर्नाको खोपमा भेटिएको बाह्य वस्तुले कडा एलर्जी सम्भावना न्यून

  POSTED ON : Sunday, 12 September, 2021 | Views : 3490

मोडेर्नाको खोपमा भेटिएको बाह्य वस्तुले कडा एलर्जी सम्भावना न्यून


टोकियो, जापान ।

जापानमा अमेरिकी फर्मा कम्पनी मोडेर्ना इंकको कोभिड–१९ विरुद्धको खोपको भाइलमा पाइएको बाह्य वस्तुले एनफालक्सिस वा कडा खालको एलर्जी गराउने सम्भावना न्यून भएको बताइएको छ ।

जापानिज सोसाइटी फर भ्याक्सिनोलोजीले एक विज्ञसप्तमा यस्तो बताएको हो । त्यस्तो खालको त्रुटी पुनः दोहोरिन नहुने भन्दै समूहले त्यस्तो घटना रोक्न अनुरोध गरेको छ ।

स्पेनको एक कारखानाबाट जापानमा पठाइएको खोपको केही भाइलमा स्टिनलेश स्टिलका करणहरु पाइएको यही महीनाको शुरुमा जापानको स्वास्थ्य मन्त्रालयले बताएको थियो ।त्यस्ता कणहरु भएको खोप लगाएपछि एलर्जी देखिन कयौं समय लाग्ने भएकोले खोप लगाउने बित्तिकै एनफालक्सिस हुने सम्भावना नहुने पनि एक विज्ञप्तिमा समूहले बताएको छ ।

जापानका केही खोप केन्द्रहरुमा पठाइएका खोपहरुमा बाह्य वस्तु भेटिनु निकै निराशाजन भएको विज्ञप्तिमा भनिएको छ । उत्पादनदेखि ढुवानीसम्मका प्रक्रियाहरुको व्यवस्थापनमा सुरक्षा सुनिश्चित गर्न र खोप लगाउनु अघि राम्ररी चेक जाँच गर्न पनि समूहले अधिकारीहरुलाई अनुरोध गरेका छन् ।