(Japan) 25 th June | 2026 | Thursday | 4:12:11 PM || (Nepal) 12:57:11 PM
 
 

जापानमा कोभिडको नयाँ औषधि प्रयोग अनुमति पर्खंदै जीएसके

  POSTED ON : Tuesday, 07 September, 2021 | Views : 2260

जापानमा कोभिडको नयाँ औषधि प्रयोग अनुमति पर्खंदै जीएसके


टोकियो, जापान ।

बेलायती फर्मास्युटिकल कम्पनी ग्ल्याक्सोस्मिथकेलाइन (जीएसके)ले आफूले बनाएको कोभिड–१९ को उपचारमा प्रयोग हुने औषधिलाई प्रयोगको अनुमति माग्दै जापान सरकारलाई निवेदन दिएको छ ।

कम्पनीले सोमबार आफ्नो औषधिलाई कोभिडका मध्यमदेखि सामान्य लक्षण देखिएका बिरामीहरुको उपचारमा प्रयोग गर्न अनुमति दिन सरकारसमक्ष निवेदन दिएको हो ।

कम्पनीको एन्टिबडी औषधि सोत्रोभिमावले अनुमति पायो भने यो जापानमा कोभिडका बिरामीको उपचारका लागि अनुमति पाउने पाँचौं औषधि हुनेछ ।

कम्पनीले फाष्ट–ट्र्याक अनुमति लिन खोजिरहेको छ । यस औषधिले कोषहरुलाई कोरोना भाइरसबाट बचाउने बताइएको छ । यसलाई सलाइन जसरी दिइनेछ ।

कम्पनीले अमेरिकी फर्मा स्टार्टअप कम्पनी भिर बायोटेक्नोालोजीसँग मिलेर सो औषधि बनाएको हो । सोत्रोभिमाव कोरोना भाइरसको अन्य भ्यारिएन्टहरु विरुद्ध भने कम प्रभावकारी हुने बताइएको छ ।