(Japan) 26 th June | 2026 | Friday | 6:38:40 PM || (Nepal) 3:23:40 PM
 
 

मोडेर्नाको खोपमा जापानमा स्टिलको धुलो मिसिएको पुष्टि

  POSTED ON : Friday, 03 September, 2021 | Views : 4070

मोडेर्नाको खोपमा जापानमा स्टिलको धुलो मिसिएको पुष्टि


वाशिङटन डीसी।

अमेरिकी फर्मा कम्पनी मोडेर्ना इंकले जापानमा पठाएको कोरोना भाइरस विरोधी खोपमा भेटिएको वस्तु स्टेनलेस स्टिलको कण भएको कम्पनीले बताएको छ ।

यसले सुरक्षामा अनुचित जोखिम उत्पन्न नगर्ने अपेक्षा गरिएको  छ । खोपका ३ दर्जनभन्दा धेरै भाइलमा बाहय पदार्थ भेटिएपछि जापानले लाखौं मात्रा खोपको प्रयोगमा रोक लगाएको छ ।

प्रयोगमा रोक लगाएको ब्याचको खोप लगाएपछि २ जनाको मृत्यु भएको घटनाको अधिकारीहरुले अनुसन्धान गरिरहेका छन् । अहिलेसम्म ती दुईको मृत्युको कारण अज्ञात रहेको छ । प्रयोगमा रोक लगाइएको तीन मध्ये एउटा लटको खोपमा कारखानाको प्रडक्शन लाइनमै त्रुटी भेटिएको एक संयुक्त विज्ञप्तिमा मोडेर्ना र यसको जापानी साझेदार ताकेदा फर्मास्युटिकल्सले बताएको छ ।

भाइलमा स्टेनलेस स्टिलको कणहरु भएको र यसले बिरामीको सुरक्षामा खासै जोखिम उत्पन्न नगर्ने विज्ञप्तिमा भनिएको छ । यसले खोपको लाभ र जोखिमको पक्षलाई पनि प्रतिकूल रुपमा प्रभाव नपार्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।  यद्यपि, सुँइ लगाउँदा खोपसँगै पाखुराभित्र जाने यी आकारको धातुको करणले सो ठाउँमा र्यिाक्शन गरेपनि ती कणहरु त्यहाँबाट अन्यत्र नजाने बताइएको छ ।

स्टेनलेस स्टिल नियमित रुपमा मुटुका भल्भ, जोर्नीको रिप्लेशमेन्ट अन्यत्र पनि प्रयोग गरिने र खोपमा पाइएको कणले स्वास्थ्य जोखिम नबढाउने दाबी पनि विज्ञप्तिमा गरिएको छ ।

प्रभावित खोप लगाएपछि मृत्यु भएको घटनाको खोपसँग सम्बन्ध नभएको र यो संयोग हुन सक्ने पनि मोडेर्नाले बताएको छ । यसबारे अनुसन्धान भइरहेको छ । मोडेर्नाको तीन लटको खोपमा बाह्य वस्तु भेटिएपछि गत हप्ता जापानले ती लटका १६ लाख ३० हजार मात्रा खोपको प्रयोगमा रोक लगाएको थियो । एजेन्सी