टोकियो, जापान ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को आफ्नो अन्तिम खेलमा जापानले स्वीडेनसँग १-१ को बराबरी खेल्दै नकआउट चरण (राउन्ड अफ ३२) मा स्थान पक्का गरेको छ।
डलास् स्टेडियममा भएको यस प्रतिस्पर्धात्मक खेलमा जापानको लागि दाइजेन माएदाले (५६औं मिनेट)मा र स्वीडेनका लागि एन्थोनी एलाङ्गाले (६१औं मिनेट) गोल गरेका थिए ।
गोलरहित बराबरीखेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र रक्षात्मक रह्यो। दुवै टोलीले केही अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेनन्।
जापानका विङ्गरहरूले आफ्नो गति र प्राविधिक कौशलताका कारण स्वीडेनको रक्षापंक्तिलाई केही दबाबमा राखेका थिए। पहिलो हाफ ०-० को स्कोरमा टुंगियो।
रोमाञ्चक गोल र बराबरीदोस्रो हाफमा खेलले नयाँ मोड लियो। खेलको ५६औं मिनेटमा जापानका दाइजेन माएदाले उत्कृष्ट गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए।
रित्सु दोआन र आयासे उएडाको सुन्दर पासलाई सदुपयोग गर्दै माएदाले प्रहार गरेको बल स्वीडेनका गोलकिपरलाई छलाउँदै जाली चुमेको थियो।
तर, जापानको यो अग्रता धेरै समय टिक्न सकेन। गोल खाएको ६ मिनेटमै, अर्थात् ६१औं मिनेटमा स्वीडेनका एन्थोनी एलाङ्गाले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
एलाङ्गाले बक्स बाहिरबाट बायाँ खुट्टाले प्रहार गरेको उत्कृष्ट कर्लिङ सट जापानका गोलकिपर जायोन सुजुकीले रोक्ने कुनै मौका पाएनन्।
खेलको अन्तिम समय र इन्जुरी समयमा स्वीडेनले निकै आक्रामक खेल प्रदर्शन गर्दै जित्ने प्रयास गरेको थियो। स्वीडेनका स्टार स्ट्राइकर अलेक्ज्याण्डर इसाकको प्रहार पोस्टमा ठोकिएको थियो।
यद्यपि, जापानका गोलकिपर सुजुकीले केही उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमै रोक्न सफल भए।
समूह 'F' को अन्तिम स्थितियस बराबरीसँगै समूह 'F' बाट नेदरल्याण्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
जापान दोस्रो स्थानमा रहँदै र स्वीडेन पनि तेस्रो स्थानमा रहँदै फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' मा प्रवेश गर्न सफल भएका छन्। ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ ।
यो सँगै जापानको राउण्ड अफ ३२ मा जापानसँग भिडन्तहुने भएको छ । ब्राजिल समुह सि को बिजेता बनेर नक आउट चरणमा पुगिसकेको उपाधि दावेदार टिम हो ।