(Japan) 26 th June | 2026 | Friday | 12:11:17 AM || (Nepal) 8:56:17 PM
 
 

फिफा विश्वकप २०२६ : जापानको आगामी निर्णायक खेल स्विडेनसँग भोली बिहान ८ बजे हुँदै, यस्तो छ अवस्था

  POSTED ON : Friday, 26 June, 2026 | Views : 184

फिफा विश्वकप २०२६ : जापानको आगामी निर्णायक खेल स्विडेनसँग भोली बिहान ८ बजे हुँदै, यस्तो छ अवस्था


जापान फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा जापानी समय अनुसार भोली बिहान स्विडेनसँग भिड्दै छ । यो खेल अमेरिकी राज्य टेक्सासको डलासस्थित एटी एन्ड टी स्टेडियममा जुन २५ (स्थानीय समय) मा हुनेछ । जापानी समय अनुसार खेल भोली बिहान जुन २६ तारिख करिब ८ बजे सुरु हुनेछ ।


हाल समूह एफ मा जापान ४ अंकसहित बलियो स्थितिमा छ । जापानले पहिलो खेलमा नेदरल्याण्ड्ससँग २–२ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा ट्युनिसियालाई ४–० ले पराजित गरेको थियो।

समूह एफको अवस्था
नेदरल्याण्ड्स – ४ अंक
जापान – ४ अंक
स्विडेन – ३ अंक
ट्युनिसिया – ० अंक

अंक तालिकाका अनुसार जापानका लागि स्विडेन विरुद्धको खेल अत्यन्त महत्वपूर्ण छ । बराबरी नतिजा पनि जापानलाई नकआउट चरण ९राउन्ड अफ ३२० पुग्न पर्याप्त हुन सक्छ भने जित हासिल गरेमा समूह विजेता बन्ने सम्भावना छ ।

जापानी मुख्य प्रशिक्षक मोरियासुले टोलीको एकता र सामूहिक खेल नै सफलताको मुख्य आधार भएको बताएका छन् । केही प्रमुख खेलाडी घाइते रहे पनि जापानले उत्कृष्ट प्रदर्शन गरिरहेको भन्दै उनले स्विडेनविरुद्ध पनि आक्रामक खेल प्रस्तुत गर्ने संकेत दिएका छन् ।
विशेष गरी आयासे उएदाले ट्युनिसियाविरुद्ध दुई गोल गर्दै उत्कृष्ट लयमा रहेको देखाएका छन् ।

विश्व फुटबलमा एशियाको पावर हाउसको रुपमा रहेको जापानले स्विडेनलाई हराउन सके विश्वकपको नकआउट चरणमा पुग्ने मात्र होइन, उपाधि दाबेदार टोलीहरूमध्ये एकको रूपमा आफ्नो दाबी अझ बलियो बनाउनेछ ।
#japansamachar