(Japan) 25 th June | 2026 | Thursday | 4:14:13 PM || (Nepal) 12:59:13 PM
 
 

५० लाखको मेडिकल सामाग्री ओलम्पिक्समा खेर फालेको खुलासा

  POSTED ON : Thursday, 02 September, 2021 | Views : 3344

५० लाखको मेडिकल सामाग्री ओलम्पिक्समा खेर फालेको खुलासा


टोकियो, जापान ।

टोकियो ओलम्पिक्समा पञ्जा, गाउन र मास्कलगायत कोरोना भाइरस विरोधी विविध मेडिकल सामानहरु भएको प्रयोग नै नगरिएको सयौं थान बक्स फ्याकिएको छ ।

मंगलबार आयोजक समितिले यस्तो बताएको हो । यसरी फयाकिएको सामान ५० लाख येन मूल्य बराबरको भएको बताइएको छ ।

कोरोना भाइरस विष्फोटक रुपमा बढिरहेका टोकियो वा जापानका अन्य स्थानका केन्द्रहरुमा पठाउन सकिने भएपनि नौं ओटा प्रतिस्पर्धा स्थलमा पठाइएका यी सामानहरु अव्यवस्थापनका कारण फ्याकिएको भन्दै आयोजक समितिले माफी मागेको छ ।

आगष्टमा ओलम्पिक्स सकिएपछि मेडिकल सामानहरु उब्रिएको थियो । सामानहरु राख्ने ठाउँ नहुँदा फयाकिएको अधिकारीहरुले बताएका छन् । फयाकिएका सामान टोकियोका चार स्थल र होक्काइदो, फुकुशिमा, साइतामा, चिबा र खानागावाका पाँच स्थलको सरसफाई र बन्द गर्ने क्रममा आइतबार पाइएको हो ।

खरिद गरिएको ५२ हजार २०० थान गाउनमध्ये ३ हजार ४०० ओटा फयाकिएको थियो । प्रतियोगिता स्थलमा ५० थान मास्क भएका ५ हजार ६०० बाकस मास्क र ५ हजार २०० बोतल हयान्ड स्यानिटाइजरमध्ये क्रमशः ६६० र ३८० बाकस फयाकिएका छन् ।

मेडिकल सामान उब्रिए भने के गर्ने भनेर पहिला नै कुनै खोप स्थललाई निर्देशन नदिइएको एक अधिकारीले बताए । आयोजक समितिले ती सामानको राम्रो व्यवस्थापन नगरेको उनले पनि स्वीकार गरेका छन् ।

अन्य केही प्रतिस्पर्धा स्थलमा उब्रिएको सामान कोभिड–१९ का बिरामी हेर्ने केन्द्रहरुलाई दिइएको बताइएको छ । पारालिम्पिक्समा भने यस्तो खालको गल्ती दोहोरिन नदिइने पनि अधिकारीहरुले भनेका छन् ।