(Japan) 27 th June | 2026 | Saturday | 1:24:59 PM || (Nepal) 10:09:59 AM
 
 

गिफुमा एकैदिन दुईगुणा धेरै कोरोना संक्रमित पुष्टि

  POSTED ON : Tuesday, 17 August, 2021 | Views : 2446

गिफुमा एकैदिन दुईगुणा धेरै कोरोना संक्रमित पुष्टि


गिफु जापान ।

महामारीको रुपमा कोरोना संक्रमित बृद्धि भइरहेको गिफु प्रान्तमा एकैदिन संक्रमितको नयाँ किर्तिमान बनेको छ ।

गिफु प्रान्तका अधिकारीहरुका अनुसार आज यसअघिको सर्वाधिक १५५ संख्याको दुईगुणा भन्दा धेरै नयाँ संक्रमित पुष्टि भएका छन् । यहाँ अगष्ट १७ तारिख एकैदिन ३ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरिएको छ ।

यसअघि दैनिक संक्रमित संख्याको रेकर्ड मे १४ तारिख १५५ रहेको थियो ।

गिफु प्रान्तमा हालसम्म नयाँ कोरोना संक्रमितको संख्या ११,१३३ पुगेको छ ।

मंगलबार नै यहाँ कोरोनाका कारण एकजनाले ज्यान गुमाएका छन् । यो सहित गिफु प्रान्तमा १९१ जना कोरोनाका बिरामीको निधन भएको छ ।