टोकियो, जापान ।
जापानको नेशनल इन्ष्टिच्यूट अफ इन्फेक्शश डिजिजले कोरोना भाइरसविरोधी खोपलाई अनुचित तवरले उद्धृत गरेको र इन्टरनेटमा पोष्ट गरिएकोप्रति कटु आलोचना गरेका छन् ।
कोरोना भाइरसको खोप पूरा लगाएको भएपनि जुनसम्मको तीन महीनाको अवधिमा ६७ जनामा संक्रमण देखिएको गत महीना इन्ष्टिच्यूटका अनुसन्धाताहरूले पूष्टि गरेका थिए ।
खोप लगाएपछि १४ दिनमा देखिएको संक्रमणलाई ब्रेकथु्र केसका रुपमा हेरिन्छ । यस्ता केस अन्य देशमा समेत देखिएको भएपनि खोप अति नै प्रभावकारी भएको अनुसन्धाताहरूले बताएका थिए । खोप लगाएपछि पनि संक्रमण सर्न नदिने उपायहरू अपनाउन अझै जरुरी भएकोमा उनीहरूले जोड दिएका थिए ।
तर केही मानिसहरूले सो रिपोर्टको केही हिस्सालाई खोप अप्रभावकारी छ भन्ने कुरा इन्ष्टिच्यूट स्वयम्ले मानेको भन्ने देखाउन सामाजिक सञ्जाल र अन्यत्र पोष्ट गरेका थिए ।
मानिसहरुले आफ्नो सुविधाअनुसार खोपबारे भ्रम फैलाउन रिपोर्टको हिस्सालाई प्रयोग गरेकोप्रति आफ्नो गहिरो चासो रहेको इन्ष्टिच्यूटले एक विज्ञप्ति जारी गर्दै बताएको छ । इन्ष्टिच्यूटले गलत सन्देश पठाएको जस्तो छाप सृजना भएको मात्रै नभएर स्वास्थ्यसम्बन्धी, विज्ञानमा आधारित छलफललाई बङ्ग्याएको समेत विज्ञप्तिमा इन्ष्टिच्यूटले भनेको छ ।
खोप संक्रमणको गम्भीर लक्षण विकास हुने वा गम्भीर लक्षण उत्पन्न हुने अवस्था रोक्न प्रभावकारी भएको स्पष्ट देखिएको इन्ष्टिच्यूटका प्रमुख वाकिता ताकाजीले भने ।
खोप कार्यक्रम थप अगाडि बढेसँगे अरु ब्रेकथ्रु केसहरू पनि देखिन सक्ने उनले बताए । खोप लगाएर धेरै मानिस संक्रमणबाट सुरक्षित भएका छन् भन्ने कुरा बुभ्न जरुरी भएकोमा उनले जोड दिएका छन् ।