टोकियो, जापान ।
हालैका दिनमा जापानको कोरोना भाइरसको संक्रमण उच्च स्तरमा उक्लिएको छ । संक्रमितको संख्या बढेसँगै अस्पतालमा उपचार गराउनु पर्ने कोभिडका बिरामी र गम्भीर खालका बिरामीको संख्या बढेको छ । स्वास्थ्य उपचार प्रणालीमा चाप गम्भीर रुपमा बढेको र प्रणाली धराशयी हुने अवस्थामा पुगेको जापानका नौं वटा मेडिकल समूहले एक आकस्मिक संयुक्त विज्ञप्ति जारी गर्दै बिहिबार बताएका हुन् ।
संकट अनुभव साट्ने र विस्फोष्टक वृद्धि रोक्न आवश्यक कदमहरु चाल्न जरुरी भएको जापान मेडिकल एशोसियशन, जापान हस्पिटल एशोसियशनसमेतका संस्थाले सो विज्ञप्तिमा भनेका छन् । केन्द्र सरकारले देशव्यापी रुपमा आपतकाल लगाउनेबारे विचार गर्नु पर्ने माग पनि विज्ञप्तिमा गरिएको छ । ४० देखि ६० वर्षबीचका मानिसहरुमाझ खोपको प्रवद्र्धन गर्न पनि भनिएको छ ।
कसैले माग नगरेसम्म आपतकाल नलगाइने सरकारको अडानको अर्थ यो ढिलै आउने जापान मेडिकल एशोसियशनका प्रेसिडन्ट तोशिओ नाकागावाले पत्रकार सम्मेलनमा भने । सरकारले समय अगावै प्रतिक्रिया देखाओस् भन्ने आफूहरुको चाहना भएको पनि उनले बताए । ओलम्पिक्सका कारण मानिसहरूले उत्सव मनाइरहेको बेलामा आत्म संयम् हुन अनुरोध गर्न कठिन हुने भएकोले अप्रत्यक्ष प्रभाव परेको प्रतियोगिताको प्रभावबारे सोधिएको प्रश्नमा जापान मेडिकल एशोसियशनका अध्यक्ष हारुओ ओजाकीले भने ।
४० देखि ५९ वर्षबीचका थप मानिसहरुमा मध्यम खालको लक्षणहरू विकास भइरहेकोले दबाबको भय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खोपको आपूर्ति स्थिर र पर्याप्त छ भन्ने सुनिश्चित गर्न पनि केन्द्र सरकारलाई विज्ञप्तिमा अनुरोध गरिएको छ । सर्वसाधारणहरु पनि पूर्ण रुपमा टेलिवर्क गर्न अनुरोध गरिएको छ ।