(Japan) 27 th June | 2026 | Saturday | 1:28:18 PM || (Nepal) 10:13:18 AM
 
 

कोरोना खोपको दिर्घकालिन प्रभाव पुष्टिबारे जापानले अध्ययन थाल्यो

  POSTED ON : Monday, 07 June, 2021 | Views : 3388

कोरोना खोपको दिर्घकालिन प्रभाव पुष्टिबारे जापानले अध्ययन थाल्यो


टोकियो, जापान ।

जापान सरकारले आफ्ना नागरिकहरुमा कोभिड–१९ विरोधी खोपको प्रभाव पूष्टि गर्न अध्ययन शुरु गरेको छ । कोरोना भाइरसको संक्रमणको चौथो लहर नियन्त्रण गर्ने संघर्ष र खोप अभियान तीव्र बनाउने प्रयासबीच सो अध्ययन शुरु गरिएको स्रोतको भनाई उद्धृत गर्दै क्योदो न्यूजले समाचार छापेको छ ।

सर्वेक्षणमा १ हजार ५ सय जनालाई संलग्न गराइएको थियो । यसमा अमेरिकी फर्मा कम्पनी फाइजर इंकको जापानी मानिसहरुमा खोपको मूल्यांकन गर्न खोजिएको छ । जापान सरकारले कम्पनीले विदेशमा गरेको क्लिनिकल परीक्षणका आधारमा खोपलाई जापानमा प्रयोगको अनुमति दिएको थियो । अमेरिका समेत केही देशमा गरिएको फाइजरको क्लिनिकल परीक्षणहरुमा ४० हजारलाई समावेश गरिएको थियो । यस क्रममा खोप कोरोना भाइरस रोक्न ९५ प्रतिशत प्रभावकारी पाइयो । तर एशियालीहरुमा भने यो दर घटेर ७४ प्रतिशतमा आएको थियो ।

जापानले गरेको अर्को छुट्टै सर्वेक्षणमा खोपको प्रभावकारी देखिएको भएपनि सर्वेक्षणमा १६० जना मात्रै समावेश गरिएकोले डेटा अपर्याप्त थियो । सरकारले गरेको प्रभावकारीता परिक्षणमा मन्त्रालयको अनुसन्धान समूहले १ हजार ५ सय जनालाई खोप लगाएका र नलगाएका गरी दुई समूहमा विभाजित गरेका थिए । संक्रमित भएको संख्या र कोरोना भाइरसको लक्षण देखा परेको संख्या अनि उनीहरुको रगतमा एन्टिबडीको मात्रा निर्धारण गर्न ६ महीनासम्म उनीहरुको निरिक्षण गरिएको थियो । सहभागीहरुलाई ओसाका सिटी यूनिभर्सिटी हस्पिटल र ओसाका नगर सरकारसमेतका मेडिकल कर्मचारीहरुबाट अलग राखिएको थियो ।

स्वास्थ्य मन्त्रालयले अमेरिकी फर्मा कम्पनी मोडेर्ना र बेलायती कम्पनी अस्त्रजेनेकाको कोभिड विरोधी खोपको प्रभावकारिता बारे पनि यस्तै खालको अध्ययन गर्ने योजना बनाएको छ । सरकरालेयी दुई खोपलाई गत मेमा प्रयोगको अनुमति दिएको थियो ।