(Japan) 27 th June | 2026 | Saturday | 4:10:02 PM || (Nepal) 12:55:02 PM
 
 

टोकियोमा आज कोरोना संक्रमण ११ सय नाघ्यो

  POSTED ON : Saturday, 08 May, 2021 | Views : 3174

टोकियोमा आज कोरोना संक्रमण ११ सय नाघ्यो


टोकियो, जापान ।

कोभिड संक्रमण संकट जारी रहँदा टोकियोमा आज कोरोनाका बिरामीको थप बृद्धि भएको छ ।

टोकियो महानगरका अनुसार मे ८ तारिख दिउँसो ३ बजेसम्ममा कम्तिमा ११ सय २१ जना नयाँ कोरोनाका बिरामी थपिएका छन् ।

महानगरका अनुसार मे १ तारिखपछि पहिलो पटक दैनिक संक्रमितको संख्या १ हजार नाघेको छ । तथ्यांक अनुसार टोकियोमा अप्रिल २५ तारिख यताको शनिवार पुष्टि भएको सर्वाधिक संख्या हो ।