(Japan) 27 th June | 2026 | Saturday | 4:21:13 PM || (Nepal) 1:06:13 PM
 
 

जापानमा अनिद्रा र थकानका बिरामी बढे

  POSTED ON : Thursday, 06 May, 2021 | Views : 2854

जापानमा अनिद्रा र थकानका बिरामी बढे


टोकियो, जापान ।

म अलार्म बजाएर पनि उठ्न सक्दिन । ओछ्यानमा जानासाथ निदाउन सक्दिन । थकान महसुस हुन्छ । यस्तो लाग्छ आजभोलि यस्ता समस्या भएका मानिसको संख्या बढिरहेको छ । यो गोल्डन विकको सार्वजनिक बिदापछि प्राय आउने मे ब्लूको कारणले गर्दा भएको हो त । ‘अहँ, होइ, यो त कोरोना भाइरसको महामारीको प्रभावले गर्दा भएको हो,’ टोकियोमा एक क्लिनकिका निर्देशक डा. ओसामी खाजिमोतो भन्छन् ।

गत वर्षको शिशिरदेखि अनिद्रा र थकान बढ्यो भनेर गुनासो गर्ने बिरामीको संख्या बढेको छ भन्छन् खाजिमोतो । निद्रामा गडबडी भएको भनेर आउने महिला र पुरुष दुबैलाई आफूले निरन्तर परामर्श दिइरहेको उनले बताए । खाजिमोतोले निद्रासम्बन्धी समस्याबारे मानिसहरुलाई परामर्श दिन्छन् । उनका अनुसार सुत्न गाह्रो हुने, पातलो निद्रा अनि चाँडै ब्युझिँहाल्ने जस्ता लक्षणहरु अनिद्रा हो अनि थकान चाँहि शारीरिक र मानसिक प्रदर्शनमा कमी । कोरोना भाइरसको महामारी फैलिन थालेपछिको महीनाहरुमा मानिस संक्रमण हुनबाट कसरी जोगिने भनेर चिन्तित् छन् ।

महामारी लम्बिदै गएपछि सर्वत्र थकानको समस्या देखिन थालेको छ । यसलाई केहीले ‘कोरोना भाइरसको थकान’ पनि भनेका छन् । काजिमोतोका अनुसार अनिद्रा र थकान काम गर्ने प्रणालीमा आएको परिवर्तन कारण देखिएको हो । गत वर्ष अप्रिलमा आपतकालको घोषणा भएसँगै अधिकांश कम्पनीहरु टेलिवर्कतर्फ लागे । तर शरद ऋतुको आसपासतिर हप्ताको आधा समय टेलिवर्क गर्ने अनि बाँकी समय कम्पनीमै गएर काम गर्ने कम्पनीको संख्या बढ्न थाल्यो ।

हप्ताको आधा दिन घरबाटै काम गर्दा यात्रा गर्दा हुने तनाव पनि कम भयो अनि काम गर्ने वातावरण पनि महामारी पूर्वको तुलनामा अलि सहज बन्यो । तर समस्या चाँहि समय बचेपछि ७ बजे काममा जानका लागि उठ्ने मानिसहरु पनि ८ साढे ८ बजेतिर उठ्न थालेपछि हुन थाल्यो । बिहान ढिला उठ्ने भएपछि रात अबेसम्म बस्नेको संख्या बढयो । अनि यसले महामारी शुरु हुनु अघिका बानीहरु फेरिएका मानिसहरुमाझ झनै थाकानको समस्या बढयो । ओछ्यानमै बसेर फोन चलाउने, गेम खेल्ने अनि भिडियोहरु हेर्ने जस्ता गतिविधिहरु पनि बढे । फलतः सुत्न जानुभन्दा ठिक अघिसम्म पनि मस्तिष्क सक्रिय नै हुने भएकोले महामारीको समयमा बढी भन्दा बढी मानिसहरु राम्रोसँग निदाउन नसकेको अनि थकित भएको काजिमातोको भनाइ छ ।


खाजिमोतोले सन् २००३ मा शुरु भएको थकानको कारणहरु खोज्ने एक परियोजनामा महाप्रवन्धक भएर काम गरेका थिए । सो परियोजना विश्वविद्यालय, सरकारी निकाय, फर्मास्युटिकल कम्पनी र अन्य निकायहरुसँगको सहकार्यमा भउको थियो । सो परियोजनामा थकानको संयन्त्रणहरुबारे खोजबिन गरिएको थियो । अध्ययनका क्रममा व्यायाम वा काम गरेपछि महिला र पुरुषहरु कत्तिको थकित छन् भन्ने जाँचिएको थियो । यस क्रममा परिवर्तन मांशपेशीमा नभएर मस्तिष्कमा देखिएको थियो ।

विगतमा थकानको कारण शारीरिक थकाई वा मांशपेशीहरुमा ल्याक्टिक एसिड जम्मा भएर हुन्छ भन्ने सोचिएको थियो । तर पछिल्लो समय यसको कारण अटोनोमिक स्नायु प्रणालीसँग रहेको स्पष्ट हुँदै आएको छ । मांशपेशी थाकेर थकान नहुने वास्तवमा थकान अटोनोमिक स्नायु प्रणाली थाकेर हुने पनि उनले बताए । यो प्रणालीलाई राम्रोसँग काम नगर्ने अवस्था आउन नदिन हामीहरुले गर्न सक्ने भनेको पर्याप्त मात्रामा निदाउन भएको उनले बताए ।

राती मस्तसँग सुत्नु जरुरी भएको खाजिमोतोको भनाइ छ । हामी जति जति बुढो हुँदै जान्छौं उति उति हाम्रो अटोनोमिक स्नायु प्रणालीलाई खियाले फलामलाई ढाकेजस्तै गरी सक्रिय अक्सिजनले ढाकिदिन्छ । यो खियालाई हामीले राम्रोसँग निदाएर हटाउन सक्छौं । तर यसो गर्न सकेनौं भने यो थुप्रिदै गएर हटाउन नसक्ने हुन्छ । यस्तो अवस्था आउन नदिन निद्रा जरुरी छ । निद्राको स्तर सुधार्न यसमा अवरोध पुर्याउने तत्वहरु हटाउन जरुरी छ । थकान रोक्ने सहज तरिका भनेको राती सहज वातावरणमा राम्रो सँग निदाउनु हो ।

यसका लागि शुरुमा हामीले महामारीका कारण अनियमित भएको हाम्रो जीवनशैलीलाई थप अनुशासित बनाउनु पर्छ । तर यसको अर्थ तपाई ढिलासम्म बस्नु हुँदैन चाँढै निदाइहाल्नु पर्छ भन्ने चाँहि होइन । ‘आफ्नो ब्यूझिने समयलाई एउटै राख्नुहोस् । निदाउने समयलाई होइन् ।’ खाजिमोतो भन्छन् । बिहान उठ्दा हामीहरुको आँखामा पर्ने प्रकाशले शरीरलाई पनि जगाइदिने उनको भनाइ छ । बिहान उठ्ने समय अनुसारको सुत्ने उठ्ने समय तय गर्न पनि उनले भनेका छन् । यसो गर्दा बुढ्यौली पनि रोक्ने सकिने उनी बताउँछन् । कोरोना भाइरसका कारण उत्पन्न भएको थकानलाई बिहान उठ्ने समयलाई नियन्त्रण गरेर जितौं भनेर खाजिमोतोले सुझाव पनि दिएका छन् ।