(Japan) 22 nd July | 2026 | Wednesday | 1:32:31 PM || (Nepal) 10:17:31 AM
 
 

जापानमा कोरोनाको खोप लगाउनेको आवेदन चापले वेवसाइटनै चल्न छाड्यो

  POSTED ON : Wednesday, 28 April, 2021 | Views : 2360

जापानमा कोरोनाको खोप लगाउनेको आवेदन चापले वेवसाइटनै चल्न छाड्यो


टोकियो, जापान ।

टोकियो महानगर सरकारले स्वास्थ्यकर्मीहरुको लागि कोभिड–१९ विरोधी खोप बूक गर्न खोलेको वेबसाइटले नै काम गर्न छाडेको छ ।

बूकिङ गर्नेको हूल उर्लिएपछि लञ्च हुने बित्तिकै वेबसाइट चल्न छाडेको (क्रयाश भएको) हो ।

महानगर सरकारले सोमबार बिहान ९ बजे बूकिङ लिन थालेको थियो । तर साइट जानेको भिड लागेपछि बूकिङ लिन नसकिएको बताइएको छ । फोन गरेर बूकिङ गर्न चाहनेहरुले पनि समस्या भोगिरहेको बताइएको छ ।