एजेन्सी ।
लेबर पार्टीका नेता एन्डी बर्नह्याम बेलायतका नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई बकिङ्घम दरबारमा राजाले औपचारिक रूपमा सरकार गठन गर्न निमन्त्रणा दिएसँगै उनको प्रधानमन्त्री पदमा नियुक्ति औपचारिक भएको हो ।
सरकार गठनको निमन्त्रणा पाएपछि बर्नह्यामले नयाँ मन्त्रिपरिषद् गठन गर्ने प्रक्रिया सुरु गरेका छन् । हालै सम्पन्न आमनिर्वाचनमा लेबर पार्टीले स्पष्ट जनादेश प्राप्त गरेपछि उनी बेलायतको नेतृत्व सम्हाल्न सफल भएका हुन् ।
नयाँ प्रधानमन्त्रीका रूपमा बर्नह्यामले आर्थिक सुधार, सार्वजनिक सेवा सुदृढीकरण, स्वास्थ्य सेवा, आवास, तथा अन्तर्राष्ट्रिय मुद्दामा बेलायतको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बकिङ्घम दरबारमा भएको परम्परागत भेटघाटपछि राजा समक्ष सरकार गठनको जिम्मेवारी स्वीकार गर्दै बर्नह्यामले नयाँ सरकार जनताको अपेक्षा अनुरूप काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
बर्नह्यामको नेतृत्वसँगै लामो समयपछि लेबर पार्टी पुनः बेलायतको सत्तामा फर्किएको छ, जसलाई बेलायती राजनीतिमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ ।
...
नयाँ प्रधानमन्त्री बनेका बर्नह्यामले गाजामा जारी युद्धप्रति आफ्नो पार्टीको अघिल्लो धारणा पर्याप्त नभएको स्वीकार गर्दै अब इजरायलमाथि थप कूटनीतिक दबाब बढाउने प्रतिबद्धता जनाएका छन् ।
सोमबार प्रधानमन्त्रीको पद सम्हालेका बर्नह्यामले आफ्नो पार्टीले गाजा युद्धको विषयमा “ठीक ढंगले काम गर्न नसकेको” भन्दै जुलाईमा सार्वजनिक रूपमा माफी मागेका थिए । उनले लेबर पार्टीले यस विषयमा अझ जिम्मेवार भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बर्नह्यामले गाजामा वर्षौंदेखि जारी इजरायली सैन्य आक्रमण र नाकाबन्दीका कारण सर्वसाधारणले भोगिरहेको “असहनीय पीडा”लाई “हाम्रो सामूहिक अन्तरआत्मामा लागेको दाग”को संज्ञा दिएका छन् ।
यद्यपि उनले गाजामा भइरहेको इजरायली सैन्य कारबाहीलाई ‘नरसंहार’ भनेर औपचारिक रूपमा सम्बोधन भने गरेका छैनन् ।
प्रधानमन्त्री बनेपछि बर्नह्यामले गाजाको मानवीय संकट कम गर्न, युद्धविरामको प्रयासलाई समर्थन गर्न तथा इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन बेलायतले थप सक्रिय भूमिका खेल्ने संकेत दिएका छन् ।
गाजामा जारी युद्धका कारण ७० हजार भन्दा बढि सर्वसाधारणको ज्यान गइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन् । यसबीच अन्तर्राष्ट्रिय समुदायबाट युद्ध अन्त्य गरी मानवीय सहायता सहज बनाउन दबाब बढ्दै गएपनि अमेरिकाको साथ पाएको इजरायलले गाजामा युद्धबिरामका वावजुद सर्वसाधारणको ज्यान लिने क्रम रोकिएको छैन ।