टोकियो, जापान ।
जापानले अहिले कोरोना भाइरसको चौंथो चरणको संक्रमणको सामना गरिरहेको छ । पश्चिम जापानमा तीव्र गतिमा फैलिरहेको संक्रामक भाइरसको संक्रमणले टोकियो महानगरमा पनि विनाश निम्त्याउने हो कि भन्ने चिन्ताले धेरैलाई सताएको छ ।
संक्रामक भाइरसको संक्रमण मेको शुरुमा टोकियोमा समग्रमा ८० देखि ९० प्रतिशतसम्म पुग्ने विश्वास नेशनल इन्ष्टिच्यूट अफ इन्फेक्शश डिजिजको विश्वास छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २१ सम्ममा जापानका २१ प्रिफेक्चरमा २७१ मानिसमा संक्रामक भाइरसको संक्रमण थियो । तर मंगलबारसम्म संक्रमण ४२ ओटै प्रिफेक्चरमा पुगिसकेको छ र संक्रमितको संख्या पनि चार गुणाभन्दा बढी अर्थात् १ हजार १४१ पुगेको छ । जापानमा अहिले चार प्रकारको संक्रामक कोरोना भाइरस छ ।
एउटाको उत्पत्ति बेलायतमा भएको हो, अर्को दक्षिण कोरिया, तेस्रो ब्राजिल र चौंथोको उत्पत्ति स्थल थाहा हुन सकेको छैन । अहिले जापानमा देखिएको समग्र संक्रामक भाइरस संक्रमितमध्ये ९४ प्रतिशत भन्दा धेरै बेलायती प्रकार अर्थात् एन५०१वाई रहेको छ ।