(Japan) 28 th June | 2026 | Sunday | 4:17:29 AM || (Nepal) 1:02:29 AM
 
 

यामागाता प्रिफेक्चरमा आज अहिलेसम्मकै उच्च कोरोना संक्रमण

  POSTED ON : Thursday, 25 March, 2021 | Views : 4740

यामागाता प्रिफेक्चरमा आज अहिलेसम्मकै उच्च कोरोना संक्रमण


यामागाता, जापान ।

जापानको यामागाता प्रिफेक्चरमा कोभिड-१९ संक्रमण सुरु भएयताकै दैनिक उच्च कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् ।

प्रिफेक्चर अधिकारीहरुका अनुसार मार्च २५ तारिख एकैदिन ४९ जना नयाँ संक्रमित पुष्टि भएका छन् । यो संख्या बिहान ११ बजेर ३० मिनेटसम्ममा पुष्टि भएको अधिकारीहरुले बताएका छन् ।

यामागाता प्रिफेक्चरमा मार्च २१ तारिखसम्म दैनिक उच्च संक्रमितको संख्या ३१ रहेको थियो । तर आज एकैदिन ४९ जनामा संक्रमण पाइएको र प्रिफेक्चरमा कुल संक्रमितको संख्या ७५२ पुगेको विवरणमा उल्लेख छ ।

जापानभर मार्च २१ तारिख मध्य टोकियो क्षेत्रको आपतकाल हटेसँगै संक्रमण बढ्न थालेको छ ।