कुमामोतो, जापान ।
जापानको कुमामोतोमा शक्तिशाली भूकम्पबाट एओन मलको माथिल्लो भाग भासिंदा कयौं व्यक्तिको निधन भएको आशंका गरिएको छ । टिभिएस टेलिभिजनका अनुसार प्रिफेक्चरल प्रहरी अधिकारीहरुले धेरै व्यक्तिको निधन भएको आशंका गरिएको भन्दै खोजी र उद्दारको प्रयास भइरहेको बताएका छन् ।
प्रहरी अधिकारीहरुले साँझ साँढे ७ बजेसम्ममा ९ जना व्यक्ति सम्पर्क बिहिन रहेको रिपोर्ट प्राप्त भएको बताएका छन् । त्यसमध्ये सपिगं मलभित्र पुरिएकाहरु भएको उनिहरुका आफन्तले रिपोर्ट गरेका छन् ।
त्यसैगरि अस्पतालमा उपचाररत सयौं व्यक्तिहरुमध्ये एकको अवस्था चिन्ताजनक र अचेत रहेको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ ।