(Japan) 28 th June | 2026 | Sunday | 4:16:12 AM || (Nepal) 1:01:12 AM
 
 

कोरोनाको खोप जापानमै उत्पादन सुरु, दाइइचीले साइतामामा उत्पादन थाल्यो

Jack Khadka   POSTED ON : Saturday, 13 March, 2021 | Views : 4404

कोरोनाको खोप जापानमै उत्पादन सुरु, दाइइचीले साइतामामा उत्पादन थाल्यो


टोकियो, जापान ।

जापानी औषधि निर्माताले जापानमा कोरोना भाइरस बिरुद्धको खोप उत्पादन थालेको छ ।

जापानी औषधी निर्माता कम्पनी दाइइची सान्क्यो कम्पनीले बिहिबारबाट अस्ट्राजेनेकाको खोप उत्पादन सुरु गरेको हो ।

कम्पनीले बेलायतको एस्ट्राजेनेका पीएलसीको जापानमा रहेको कोभिड १९ खोपको निर्माण सुरु गरेको शुक्रबार बताएको छ । युरोपका केही देशहरूमा यो खोप लिने व्यक्तिको रगत जमेको रिपोर्टहरु आएका छन् ।

फेब्रुवरीमा सम्पन्न आउटसोर्सिंग सम्झौताको आधारमा जापानी औषधि कम्पनीले बिहीबार अस्ट्राजेनेकाले आफ्नो सहायक दाइइची सान्क्यो बायोटेक कम्पनीलाई प्रदान गरेको खोपको ठोस मात्राको प्रयोग गरी खोपको मात्रा शीशीमा भर्ने र प्याकेजिंग गर्न बिहीबारबाटै शुरू गरेको हो ।

'हामी जापान सरकारको स्वीकृति पाए पछि यो खोप तुरुन्तै आपूर्ति गर्नेछौं' एक अस्ट्राजेनेका कम्पनीका अधिकारीले भने ।

जापानको स्वास्थ्य मन्त्रालयले फेब्रुवरीको सुरुमा कोभिड-१९ खोपको स्वीकृतिका लागि दायर गरेको अस्ट्राजेनेकाले जापानलाई १२ करोड डोज उपलब्ध गराउने छ, जुन करिब ६ करोड व्यक्तिको लागि पर्याप्त छ र यो खोप अक्सफोर्ड विश्वविद्यालयमा विकसित गरिएको हो ।

१२ करोड डोजमध्ये ३ करोड खोप दाइइची सान्क्यो र अर्को फार्मास्यूटिकल फर्म केएम बायोलजिक्स कम्पनीले निर्माण गर्नेछ भने जेसीआर फार्मास्यूटिकल्स कम्पनीले ९ करोड खुराक उत्पादन गर्ने छ ।

युरोपेली औषधी एजेन्सीले बिहीबार भनेको छ यसले अस्ट्राजेनेका खोप लिने व्यक्तिहरूमा रगतको ढिक्का जमेको घटनाहरूको अनुसन्धान सुरु गरेको छ र यसमा डेनमार्कमा एक जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।

केही युरोपेली देशहरूले ब्रिटिश फार्मास्युटिकल समुहको खोप आपूर्ति गर्न रोकिदिएका छन । जुन रगत जमेको ३० वटा घटनाले यसलाई गम्भिर असर पारेको छ । थाइल्यान्डले पनि शुक्रबार अस्ट्राजेनेका खोपको प्रयोग स्थगित गरिदिएको छ ।

यसैबीच, युरोपियन युनियनले बिहीबार युरोपियन युनियनका लागि खोपहरू सुरक्षित गर्ने प्रयासका रूपमा जूनको अन्त्यसम्म आफ्नो खोप निर्यात नियन्त्रण संयन्त्र विस्तार गरेको छ ।

जापानका मुख्य क्याबिनेट सचिव काचुनोबु कातोले भने शुक्रबार एक पत्रकार सम्मेलनमा जापानमा खोपको निर्यातका लागि सबै आवेदनहरू स्वीकृत भइसकेकाले युरोपियन युनियनको निर्णयले असर नपार्ने बताएका छन् ।

...

श्रोत : माईनिची सिम्बुन