(Japan) 28 th June | 2026 | Sunday | 4:17:03 AM || (Nepal) 1:02:03 AM
 
 

जापानमा फैलिरहेको बेलायती संक्रामक भाइरसबाट मृत्युको जोखिम ६४ प्रतिशत धेरै

Sajina Moktan   POSTED ON : Friday, 12 March, 2021 | Views : 4328

जापानमा फैलिरहेको बेलायती संक्रामक भाइरसबाट मृत्युको जोखिम ६४ प्रतिशत धेरै


टोकियो, जापान ।

बेलायती परिवर्तित संक्रामक कोरोना भाइरसले मृत्युदरको जोखिमलाई ६४ प्रतिशत बढाउने एक अनुसन्धानले देखाएको छ ।

बेलायती विश्व विद्यालयहरु जस्ता अनुसन्धान समुहहरुले संक्रामक कोभिड-१९ भाइरस सम्वन्धि अनुसन्धान रिपोर्ट सार्वजनिक गरेका छन् । पहिलो पटक बेलायतमा फेला परेर विश्वभर फैलिएको भाइरसबाट मानिसहरु मर्ने जोखिम बढी रहेको रिपोर्टको निस्कर्ष छ ।

मार्च १० मा बेलायतको एक्सेटर युनिभर्सिटी जस्ता अनुसन्धान समूहहरूले बेलायती मेडिकल जर्नल ब्रिटिश मेडिकल जर्नल मा अनुसन्धान रिपोर्ट प्रकाशित गरेका छन् । जसमा परिवर्तित कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरू जो बेलायतमा छिटो फैलियो र पारम्परिक भाइरसबाट संक्रमित व्यक्तिहरूमाथि अनुसन्धान गरिएको थियो । अनुसन्धान भाइरसबाट मर्ने जोखिममा फरक छ कि छैन भनेर गरिएको थियो ।

अनुसन्धान समूहले नयाँ कोरोना भाइरसबाट संक्रमित करीव ५५,००० व्यक्तिहरु जसको उमेर ३० बर्ष वा सो भन्दा माथि रहेका महिला र पुरुषहरु रहेका थिए । अनुसन्धानमा भाइरस संक्रमित व्यक्तिहरूको परीक्षण भएको २८ दिन भित्र मृत्युको संख्या तुलना गरिएको छ ।

परिणाम स्वरूप, पारम्परिक भाइरसमा मरेका १४१ व्यक्तिको तुलनामा संक्रामक भाइरस संक्रमित २२७ जनाको मृत्यु भएको छ । अनुसन्धान समूहले संक्रामक भाइरसबाट हुने मृत्युको जोखिम ६४ प्रतिशत बढाउन सक्ने देखिएको छ ।

अनुसन्धान समूहले चेतावनी पूर्वक भनेको छ 'उत्परिवर्तीत भाइरसको फैलावट विरूद्ध गम्भिर सावधानी अपनाउनु आवश्यक छ ।'