टोकियो, जापान ।
जापानमा कोरोना भाइरस विरोधी खोपको चौथो ब्याच आइपुगेको छ । अमेरिकी फर्मा कम्पनी फाइजरले विकास गरेको खोपको सो ढुवानी बेल्जियमबाट सोमबार नारिता विमानस्थलमा आइपुगेको हो ।
ड्राई आइसमा प्याक गरेर ल्याइएका ती कार्गो विमानस्थल बाहिरको भण्डारण केन्द्रमा भने ट्रकबाट ओसारिएको थियो । पछिल्लो आपूर्तिमा तेस्रो पटक आएको भन्दा करीब दोब्बर ठूलो भएको बताइएको छ ।
यस पटक करीब ९ लाख ९० हजार डोज खोप आएको छ । यो जापानमा कम्पनीले खोप ल्याउन थालेयताकै ठूलो परिमाण हो । जापानले अहिलेसम्म २३ लाख ६० हजार डोजसम्म खोप सुरक्षित गरेको छ ।
मेको पूर्वाद्र्धसम्ममा सबै प्रिफेक्चरमा स्वास्थ्यकर्मीहरुलाई दुई डोज नै लगाउन पर्याप्त हुने खोपको उपलब्ध गराइने स्वास्थ्यमन्त्रीले बताएका छन् । ३ करोड ६० लाख वृद्धवृद्धाहरुलाई खोप लगाउन अप्रिल १२ बाट शुरु गरिने मन्त्रालयले बताएको छ ।
यो उमेर समूहमा सबैलाई दोस्रो पटक खोप लगाउन पर्याप्त हुने खोपको डेलिभरी जुनको अन्त्यसम्ममा हुने बताइएको छ ।