टोकियो, जापान ।
जापानको संक्रामक रोगहरूको राष्ट्रिय संस्थानले मंगलबार देशमा छिटो संक्रमण फैलाउने कोरोना भाइरसका बिरामीको संख्या देशमा ४ सय पुगेको बताएको छ ।
देशमा पहिले फैलिएको भन्दा फरक भए पनि जापानमा फेला परेको नयाँ संक्रमितहरु दक्षिण अफ्रिका र ब्राजिलका मानिसहरूसँग समानता रहेको बताइएको छ । यो आशंका गरिएको छ कि सामान्यतया अधिक संक्रमण गराउन सक्ने यो भाइरस बिरुद्ध हाल लगाईंदै आएको खोपहरू कम प्रभावकारी हुने विश्वास विज्ञहरुको छ ।
संस्थानले गत हप्ता बुधबार सम्म नयाँ फेला पारिएका संक्रामक भाइरसका बिरामीको संख्या ३९४ पुगेको बताएको छ । जसलाई जापानभित्रै संक्रमण सरेको पाईएको थियो । धेरैजसो जापानको कान्तो क्षेत्रमा टोकियोमा केन्द्रित संक्रमितहरु थिए भने दुईजना क्वारिन्टिन अवधिमा संक्रमित पाईएका थिए ।
संक्रमणको फैलावट र परिस्थितिको बारेमा बुझ्नको लागि प्रयास जारी राखिएको संस्थानका प्रमुख तोमोया साईतोले बताए ।
नयाँ भाइरल भईरहेको संक्रामक भाइरस विदेशबाट आएको भन्ने विश्वास छ तर विवरणहरू अझै अज्ञात छन ।
संस्थानले हालसम्मकै धेरै अर्थात् हाल संक्रमण फैलिएको भाइरस भन्दा ७० प्रतिशत छिटो संक्रमण फैलने क्षमता भएको बेलायती संक्रामक भाइरस फैलन बिरुद्ध विशेष प्राथमिकता सहित कदम चाल्नुपर्नेमा जोड दिएको छ ।